नेपाल बारकाे विरोध प्रदर्शन जारी – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

नेपाल बारकाे विरोध प्रदर्शन जारी

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनले विरोधका कार्यक्रम जारी राखेको छ । सोमबार कानून व्यवसायीहरुले नेपाल बार एशोसिएसन परिसरमा कालोपट्टी र कालो ब्यानरसहित विरोध प्रदर्शन गरेका हुन् ।

प्रधानन्यायाधीश जबराले न्यायाधीशहरूबीच कलक र बैमनष्यता उत्पन्न गराएको, नेपालको न्यायिक इतिहासमा न्याय प्रशासनलाई अहिलेसम्मकै सबैभन्दा विवादित, अपारदर्शी र विकृत बनाएको, राजनीतिक सत्तासँग सौदावाजी गरेको, आफ्ना निहित स्वार्थको सौदावाजी गरी संविधानको आत्माका रुपमा रहेको स्वतन्त्र न्यायपालिका, संविधानवाद, शक्तिपृथकीकरण र शक्ति सन्तुलनको सिद्धान्त, मूल्य र मान्यतालाई क्षतविक्षत बनाएका आरोप नेपाल बारले लगाउँदै आएको छ ।

यसअघि बारले राजीनामा दिन प्रधानन्यायाधीश राणालाई ५ दिनको अल्टिमेटम दिएको थियो । राजीनामा नआएपछि बारले आन्दोलनलाई अझ कडा पार्ने जनाएको छ ।

बार एसोसिएसनका उपाध्यक्ष ईश्वरी प्रसाद भट्टराईले न्यायालयभित्रको विकृति, विसंगतिको कारक प्रधानन्यायाधीश मात्रै नभएपनि यसको नेतृत्व प्रधानन्यायाधीशले गरेकाले मुख्य जिम्मेवार व्यक्ति भएको बताए । बारले न्यायालय सुधारका लागि प्रारम्भदेखि नै प्रधानन्यायाधीश समक्ष ध्यानाकर्षण गराएपनि कुनै सुनुवाई नै नभएको बताए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपालको इतिहासमा असफल, असक्षम र भ्रष्ट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा भएको आरोप लगाए । उनले भने, ‘उहाँको नेतृत्व असफल भइसकेको छ । उहाँ असफल भैई सक्नुभयो । उहाँले आफ्ना सहकर्मीहरुको विश्वास जितेर इजलास चलाउन सक्नु भएन । अनि के कारणले उहाँ प्रधानन्यायाधीश पदमा बसी राख्ने ?

प्रधानन्यायाधीश जबराको गैरन्यायीक आचरणका कारण आज न्यायालयमाथि जनताको विश्वास गुम्ने खतरा भएकाले आफूहरु आन्दोलनमा उत्रिन बाध्य भएको अधिवक्ता त्रिपाठीले बताए ।

नेपाल बार एशोसिएशनले आइतबार देशभरका बार इकाइँसग छलफल गरेको छ । छलफलपछि प्रधानन्यायाधीश जबराको राजीनामा निर्णायक आन्दोलनमा सहभागी हुुन सम्पूर्ण कानून व्यवसायीलाई आह्वान गरेको थियो ।

बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालावन्दी गर्ने चेतावनी
स्वतन्त्र राष्ट्रिय कानून व्यवसायीहरुले नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालावन्दी गर्ने चेतावनी दिएका छन् ।प्रधानन्याधिशको राजीनामा माग गर्दै नेपाल बारले गरेको आन्दोलन अपूर्ण भएको भन्दै उनीहरुले मंगलबार बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालावन्दी गर्ने चेतावनी दिएका हुन् ।

स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानका महासचिव कृष्ण प्रसाईका अनुसार प्रधानन्यायाधीशले राजीनामा दिने भन्दा पनि महाअभियोग लगाएर कारबाही गर्नुपर्ने बताए । बार एशोसिएशनको आन्दोलन अपूर्ण रहेको छ र प्रधानन्यायाधीश जबराको राजीनामा मागेर मात्रै पुग्दैन् कानून अनुसार कारवाही गर्न स्वतन्त्र राष्ट्रिय कानून व्यवसायीहरुले मंगलबारबाट तालावन्दीसहित विरोध गर्ने बताए ।

न्यायालयमाथि भइरहेको राजनीतिक हस्तक्षेपको विरोधमा संघर्ष जारी रहने उनीहरुले बताउदै आएका छन् । स्वतन्त्र राष्ट्रिय कानून व्यवसायी अभियानका कानून व्यवसायीहरुले सेतोपट्टी बाधेर विरोध जनाउदै प्रधानन्यायाधीशको राजीनामाले मात्रै समस्या समाधान नहुने बताउदै आएका थिए ।

भिडियाे

सम्बन्धित समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ कार्तिक २२, १४: २८

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ कार्तिक २२, १४: २८

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ कार्तिक २२, १४: २८

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...