
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बेलुका ५ बजे बोलाइएको छ । आजको (सोमबार, कात्तिक २२)बैठकमा न्यायापालिकामा उत्पन्न संकट र सरकार सञ्चालनलाई प्रभावकारी बनाउने विषयमा छलफल हुने स्रोतले बताएको हो ।
न्यायालयमा उत्पन्न विवाद र सो विवादबारे आधिकारिक धारणा तय गर्न बैठकले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ । न्यायालय विवादबारे गठबन्धनमा आवद्ध नेकपा एकीकृत समाजवादीले गठबन्धनबीच छलफल गरेर धारणा बनाउने औपचारिक निर्णय गरिसकेको छ भने अन्य नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाले के गर्ने भन्ने विषयमा औपचारिक निर्णय केही गरेको छैनन् । प्रधानमन्त्री देउवा भने यस विषयमा अहिले नै निर्णय नगरौं भन्ने पक्षमा रहेको बताइएको छ ।
सरकार सञ्चालन गर्न समन्वय समिति
दशैं तिहारपछिको आजको बैठकमा पाँच दलीय सतारुढ गठबन्धनका दलहरुबीच सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति बनाउने विषयमा समेत छलफल हुने एक नेताले बताए । सत्तारुढ गठबन्धनमा आवद्ध दलका शीर्ष नेता सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने तयारी यसअधि रहेको र यसको चौतर्फी विरोध भएपछि समन्वय समिति बनाउन लागिएको बताइएको छ ।
देउवा–प्रचण्ड भेट
बालुवाटारमा आज विहान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको थियो । देउवा र प्रचण्डबीच न्यायालयमा देखिएको विवाद, गठबन्धन सरकारका काम, कर्तव्य र राजदूत नियुक्तिलगायतका विषयमा छलफल भएको बताइएको छ ।
छलफलपछि गठबन्धनको बैठक बोलाइएको हो ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...