बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत – Naya Bikalpa
August 14, 2026, Friday      Epaper

बागमतीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेशसभामा बैठकमा ५९ मत पाउँदै विश्वासको मत मुख्यमन्त्री पाण्डेले पाएका हुन् ।बागमती प्रदेशसभामा विश्वासको मत पाउन ५५ सांसदको समर्थन आवश्यक हुन्छ ।

प्रदेशसभामा १०९ जना प्रदेशसभा सदस्य रहेकोमा मूख्यमन्त्री पाण्डेले ५९ मत पाएर विश्वास मत पाएका थिए । पाण्डे पाएको मत बहुमत भएकाले उनले विश्वासको मत पाएको प्रदेशसभा सभामुख सानुकुमार श्रेष्ठले बताए । प्रदेशसभामा सोमबार १०४ जना सांसदले मतदान गरेका थिए ।

पाँच दलीय गठबन्धनको समर्थनमा मुख्यमन्त्री बनेका पाण्डेलाई नेकपा माओवादी केद्रका २३, नेपाली काँग्रेसका २२, नेकपा एकीकृतका १३ र जनता समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिएका थिए ।

त्यस्तै नेकपा एमाले र विवेकशील साझा पार्टीले मुख्यमन्त्री पाण्डेको विपक्षमा मतदान गरेका थिए । विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा भने ४३ मत परेको थियो । २ मत तटस्थ देखिएको छ ।

सम्बन्धित समाचार

सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
सर्पदंश र रेबिजविरुद्धका औषधि केन्द्रीय भ्याक्सिन स्टोरमा आइपुग्यो
  • २०७८ कार्तिक २२, १८: १९

काठमाडौं ।  सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...

कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
कांग्रेस बैठक : प्रेस स्वतन्त्रता, संसदीय मर्यादा र रोल्पा पहिरोबारे सरकारको ध्यानाकर्षण, देउवालाई स्वागत
  • २०७८ कार्तिक २२, १८: १९

ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा
  • २०७८ कार्तिक २२, १८: १९

काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...