
धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकामा नेपाली कांग्रेस नगर कार्य समितिले संचालन गरेको ‘मेरो पार्टीलाई मेरो दैनिक एक कप चिया कांग्रेसलाई’ भन्ने अभियानबाट नगद एक लाख रुपैयाँ संकलन गरेको छ ।
नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुसंग दैनिक एक कप चिया वापतको रकम सहयोग स्वरुप संकलन गरि पाख्रिवास नगरवासीहरुलाई आपत–वितप पर्दा, प्राकृतिक प्रकोप पीडित, गरिव, असहाय र विरामीहरुको उपचार तथा आवश्यक पर्दा एम्बुलेन्सको व्यवस्थापनमा सहयोग गर्ने उदेश्यले मेरो पार्टीलाई मेरो दैनिक कप चिया कांग्रेसलाई भन्ने अभियान अन्र्तगत सदस्यता प्रदान गर्ने कार्य संचालन गरिएको नेपाली कांग्रेस पाख्रिवासका नगर सभापति प्रेम भण्डारीले बताए ।

पाख्रिवास नगर कार्य समितिका सचिव सन्तोष मानन्धरका अनुसार समितिले सो अभियान एक महिना अघिबाट सुरु गरेको हो । यस अभियानमा अहिले ४५ जना सदस्यहरु बनेको र उहाँहरुबाट झण्डै एक लाख भन्दा बढी रकम संकलन भएको हो ।
यस अभियान अन्र्तगत सदस्य बन्ने नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु र समितिका सदस्यहरुले कसैले तीन महिना, कसैले ६ महिना र कसैले एक बर्ष सम्मको सदस्यता बापतको रकम जम्मा गरी सहयोग गर्नु भएको नेपाली कांग्रेसका अर्का सचिव विर बहादुर थापाले बताए ।
नगर कार्य समितिका उपसभापति चन्द्र बस्नेतका अनुसार ‘मेरो पाटीलाई मेरो दैनिक कप चिया कांग्रेसलाई’ अभियानमा सदस्य बनाई सहयोग संकलन गर्न नगर कार्य समितिमा रहनु भएका पदाधिकारी तथा सदस्यहरुले कम्तीमा एक जना सदस्य एक महिनामा बनाउनु पर्ने नियम रहेको बताए ।
‘मेरो पाटीलाई मेरो दैनिक एक कप चिया काँग्रेसलाई’ अभियान अन्तरगत सदस्य बनाई सहयोग संकलन गर्ने नेपाली कांग्रेस पाख्रिवासको अभियान लोक प्रिय बन्दै गएको र बिपतमा परेकाहरुले सहयोग समेत प्राप्त गर्दै गरेको नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्य तथा पाख्रिवासका संयोजक ज्ञान वहादुर गुरुगले बताए ।
नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिले संचालन गरिरहेको यस अभियान अन्र्तगत नेपाली कांग्रेसका केन्द्रिय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ, धनकुटका जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, सदस्य ज्ञान वहादुर गुरुङ, लेखनाथ पौडेल, जयन्द्र घिसिङ्ग, निलम थापा, पूर्व जिल्ला सहसचिव राजन पौडेल, महासमिति सदस्य असित थापा क्षेत्रि, सहसचिव देवेन्द्र गुरागाई, नगर सभापति प्रेम भण्डारी, उपसभापतिद्धय चन्द्र बस्नेत, गंगादेव राई, सचिवद्धय सन्तोष मानन्धर, विरवहादुर थापा, सहसचिवद्धय इन्दिरा कार्की, दान वहादुर तामाङ, सदस्य महेन्द्र काकी, पाख्रिवास वडा नं. ४ का सभापति श्याम प्रकाश राई, नेपाल मगर संघ धनकुटाका अध्यक्ष लेख वहादुर काम्छाकी, नेपाल सास्कृतिक संघका क्षेत्रिय अध्यक्ष निरुज गुरुङ, नेपाल शिक्षक संघका चिरञ्जिवि आचार्य लगायत ४५ जना सदस्य बनिसक्नु भएको र अन्य सदस्य बन्ने तयारीमा रहनु भएको नेपाली कांग्रेस पाख्रिवासका सभापति प्रेम भण्डारीले बताए ।
मेरो पाटीलाई मेरो दैनिक कप चिया भन्ने अभियान अहिले पाख्रिवासमा व्यापक संचालन गरीरहेको नगर कार्य समितिका उपसभापति गंगादेव राईले बताए । यस अभियानमा धनकुटाको पाख्रिवास नगरभरीका नेपाली कांग्रेसका क्रियाशिल सदस्यहरु, नेता तथा कार्यकर्ताहरुलाई अभियानको सदस्य बनाई सहयोग संकलन गर्ने नेपाली कांग्रेस पाख्रिवास नगर कार्य समितिको अभियान नमुनाको रुपमा रहेको जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...