
काठमाडौं । बुटवलको मोतिपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई सरकारले राहत रकम दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मोतिपुर घटनाका क्रममा ज्यान गुमाउने नागरिकका परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग र पचास हजार किरिया खर्च दिने निर्णय गरेको हो ।
गत २४ असोजमा रुपन्देहीको बुटवलमा निर्माणाधीन मोतिपुर औद्योगिक क्षेत्रको जग्गा एक समुहले अतिक्रमण गर्न खोज्दा स्थानीय प्रशासनले हस्तक्षेप गरेको थियो । हस्तक्षेपका क्रममा सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिन गोली चलाउँदा चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढि घाइते भएका थिए ।

लम्बिनी प्रदेश सरकारले यसअघि सो घटनामा परि मृत्यु हुनेका परिवारलाई जनही एक लाख रकम सहयोग गर्ने घोषणा गरेको थियो ।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...