
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पाँचदलीय समन्वय समितिका संयोजन रामचन्द्र पौडेलले सरकारको काममा समितिले कुनै हस्तक्षेप नगर्ने तथा राजनीतिक हतियारकाे रूपमा याे समिति प्रयाेग नहुने बताएका छन् ।
सत्तारुढ पाँच दलीय गठबन्धनका सोमबारको बैठकले सरकार सञ्चालनमा सहयोग गर्न आलोपालो नेतृत्व गर्ने सहमतिमा ११ सदस्यीय समन्वय समिति बनाएको हो । सहमति अनुसार सुरुको दुई महिना नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संयोजक तोकिएका हुन् ।
वर्तमान राजनीतिक व्यवस्था र लोकतन्त्रलाई सुनिश्चित गर्न समन्वय समितिको आवश्यकता महशुस गरि समिति बनाएको र सरकार जनताप्रति उत्तरदायी, सदनप्रति उत्तरदायी निर्वाचित संस्था भएकाले यसको काम कारवाहीमा यो समितिले हस्तक्षेप नगर्ने संयोजन पौडेलले बताए ।
पाँच दलीय समन्वय समितिको काम राजनीतिक व्यवस्था माथि आइपर्ने समस्याहरुबारे गठबन्धनलाई सजग र संगठित बनाइराख्ने हो । यसलाई कुनैपनि तरिकाले राजनीतिक हतियारको रुपमा उपयोग गर्न नहुने उनको भनाई छ ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...