
काठमाडाैं । आगामी निर्वाचनमा कसैसँग तालमेल नगर्ने नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बताएका छन् । गठबन्धनमा आवद्ध दलबीच आगामी निर्वाचनमा तालमेल हुने नेताहरूले बताइरहेका बेला सिंहले कसैसँग तालमेल गर्न जरूरी नभएको बताएका हुन ।
कांग्रेस आफ्नै एजेण्डामा निर्वाचनमा उभिउनुपर्ने भन्दै सिंहले आर्थिक सम्पन्नता दिलाउन र कांग्रेस नेतृत्वमा प्राप्त अधिकार संस्थागत गर्न एक्लै चुनाव लड्नु पर्ने बताए ।
गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा बुधबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै सिंहले यस्तो बताएका हुन । सत्ता गठबन्धनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा उच्चस्तरीय राजनीतिक समन्वय समिति बनाएको छ ।
कम्युनिष्ट पार्टीमा सरकारलाई पनि कन्ट्रोल गर्ने मेकानिजम हुने गरेको उल्लेख गर्दै सिंहले सरकारभन्दा माथिजस्तो गरेर समिति बनाउनु संवधानविपरीत हुने जिकिर गरे ।
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले चाँडै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी...