शासन गर्ने भए चुनाव लडेर आउन पूर्वराजा शाहलाई प्रधानमन्त्री देउवाको चुनौती – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

शासन गर्ने भए चुनाव लडेर आउन पूर्वराजा शाहलाई प्रधानमन्त्री देउवाको चुनौती

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लडेर आउन चुनौती दिएका छन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई लोकतान्त्रिक गणतन्त्रामक शासन व्यवस्थाविरुद्ध नलागी शासन गर्ने भए चुनाव लडेर आउन गणेशमान स्मृति शान्ति प्रतिष्ठानले आज (बुधबार) शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा देउवाले चुनौती दिएका हुन् ।

प्रधानमन्त्री देउवाले संविद्यानमा केही असन्तुष्ति आफ्नो पनि रहेको र त्यसलाई राष्ट्रिय सहमति बनाउँदै सुधार गर्ने बताए । प्रजातन्त्रमा देशको शासन व्यवस्था सञ्चालन गर्न निर्वाचनमार्फत आउने व्यवस्था भएको भन्दै पूर्वराजा शाहलाई चुनाव लडेर आउन सुझाए । अन्यथा यो व्यवस्थाविरुद्ध नलाग्न आग्रह गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खगेन्द्र भट्टराईलाई गणेशमान स्मृति शान्ति प्रतिष्ठानले स्वर्णपदकबाट विभुषित गरेको थियो ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ कार्तिक २४, १२: ००

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ कार्तिक २४, १२: ००

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

सरकार ‘शासकीय अराजकता’तर्फ उन्मुख : कांग्रेस सभापति थापा
सरकार ‘शासकीय अराजकता’तर्फ उन्मुख : कांग्रेस सभापति थापा
  • २०७८ कार्तिक २४, १२: ००

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै देश ‘शासकीय अराजकता’तर्फ उन्मुख भएको आरोप लगाएका...