भिमढुङ्गा काँग्रेसलाई चुनाव लाग्यो – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

भिमढुङ्गा काँग्रेसलाई चुनाव लाग्यो

काठमाडौं । नागार्जुन नगरपालिकास्थित नेपाली काँग्रेस भिमढुङ्गा वडा नं. ८ कार्यसमितिको कार्यालय बिहीबार एक समारोहकाबीच स्थापना गरिएको छ । नेपाली काँग्रेस भिमढुङ्गा वडा नं. ८ कार्यालय स्थापनाका कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य ध्यानगोबिन्द रंजित, बिशेष अतिथि नार्गाजुन नगरपालिकाका प्रमुख तथा बागमती प्रदेश उप–सभापति मोहनबहादुर बस्नेतलगायत अतिथिहरुले रिबन काटेर तथा बोर्ड अनावरण गरेर कार्यालयको स्थापना गरिएको हो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि तथा संविधान सभा सदस्य ध्यानगोविन्द रंजितले आफू संविधान सभा सदस्य हुँदा आफ्नो क्षेत्र विकासका लागि आवश्यक बजेट विनियोजन गरिएको हुँदा यस क्षेत्रको विकास भएको बताए । त्यसैले विकास गर्नका लागि नेपाली काँग्रेसले सधै पहल गरिरहेको बताए । त्यसबखत स्थानीय सरकार नहुँदा विकास निर्माणका कार्यहरुमा अलमल्लमा परेको र काँग्रेसले गरेका कतिपय विकास निर्माणका कार्यहरु पनि राजनीतिक जालझेल गर्न माहिर कम्युनिष्टहरुले आफुले गरेको भन्दै जनतामा भ्रम फिजाएको रंजितले बताए । अहिले नेपाली काँग्रेस नेतृत्वमा बनेको सरकारले विकास कार्यलाई अगाडी बढाएको देखेर कम्युनिष्टहरु अत्तालिएको हुँदा भिमढुङ्गावासी झुटा आश्वासनको पछि नलाग्न आग्रह गरे ।

कार्यक्रमका बिशेष अतिथिसमेत रहेका नागार्जुन नगरपालिकाका प्रमुख एवम् बागमती प्रदेशका उप–सभापति मोहन बहादुर बस्नेतले कम्युनिष्टहरु विकास विरोधी भएको बताउँदै नगरको भौतिक, आर्थिक र सामाजिक विकासमा आफुहरु सफल भएको बताए ।

उनले भने, ‘हामीले जे भन्छौं, त्यही गछौं । यस क्षेत्रबाट प्रदेश र प्रतिनिधिसभामा निर्वाचित भएर गएका जनप्रतिनिधिहरुले यस ठाउँका लागि केही गर्न सकेका छैनन् । यसको साँची तपाईंहरु आफै हुनुहुन्छ ।’ नगर प्रमुख बस्नेतले काँग्रेसका प्रतिनिनिहरुले नगरपालिका मार्फत यस क्षेत्रमा २० औं करोडको विकास निर्माण कार्य सम्पन्न गरीसकेको र फेरि पनि काँग्रेसको नेतृत्वमा स्थानीय सरकार निर्माण हुँदा थप २० करोड विनियोजन गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाली काँग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवम् महासमिति सदस्य किरण गिरी, पुराना काँग्रेस नेता दामोदर गौतम, युवा नेताहरु धर्मराज गौतम, केदार मानन्धर, राजेन्द्र प्रसाद भट्टराई, श्यामकृष्ण खड्का, कल्याणी खड्का, सुनिल कुमार श्रेष्ठ, लब ढुंगानालगायतले काँग्रेसलाई बलियो बनाउँन कुनै कसुर बाँकी नराख्ने र सहमति, सहकार्य र एकताका साथ अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि एवम् काँग्रेस नेतृ रिता दवाडीले भिमढुङगाको विकास निर्माणमा नगरपालिकाको अत्यधिक सहयोग प्राप्त भएकोले फेरी पनि स्थानीय सरकार निर्माण गर्न काँग्रेस पार्टीको नेतृत्वलाई सफलता मिल्ने विश्वास व्यक्त गरिन् । उनले भनिन् विकास निर्माणमा सहयोग गर्नुहुने सम्पूर्ण भिमढुङ्गावासी दिदीबहिनी तथा दाजुभाइहरुलाई नेपाली काँग्रेसको तर्फबाट धन्यवाद दिंदै आगामी दिनहरुमा पनि पुनः काँग्रेस पार्टीलाई स्थानीय, प्रदेश र संघीय निर्वाचनमा मतदान गरेर समग्र नगरपालिकाको विकास निर्माणमा सहयोग गर्न भिमढुङ्गावासीलाई आह्वान गरिन् ।


त्यसैगरी सोही वडाका वडाअध्यक्ष शुक्रबहादुर तामाङले नेपाली काँग्रेस पार्टीको तर्फबाट आफूहरु यस नगरपालिका र वडामा निर्वाचित भएपछि जनताका विभिन्न समस्याहरुलाई सफलतापूर्वक समाधान गरेको स्मरण गर्दै पार्टीको घोषणा पत्र अनुसार नगर, वडाहरु विकास निर्माणका कामहरु सम्पन्न गरेको बताए । आफु यस वडामा एक्लै निर्वाचित भएर आउँदा पनि विकास निर्माणका कार्यहरु सम्पन्न गर्न सकेकोमा वडावासीलाई धन्यवाद दिए ।

त्यसैगरी प्रदेश क्षेत्रीय सभापति ९ ‘ख’ का राजेन्द्र प्रसाद भट्टराई, अग्रज नेता तथा वरिष्ठ पत्रकार दामोदर प्रसाद दवाडी, नेपाली काँग्रेस नगर सभापति दुर्गा प्रसाद गौतम, नागार्जुन नगर उप–सभापति नवराज पुरी, नगर सचिव रबिन श्रेष्ठ, क्षेत्रीय सदस्य बासुदेव मिश्र, क्षेत्रीय सदस्य सुनिल तामाङ र प्रदेश क्षेत्रीय सदस्य कल्पना श्रेष्ठ, क्षेत्रीय सचिव बन्दना खड्का, नगर सचिव कृष्णप्रसाद दाहाल, नगर सह–सचिव सबिन गौतम, नगर उप–सभापति लेखनाथ काफ्ले, काठमाडौं महानगरपालिका वडा नं १४ का महानगर सभापति महेस थापा, नागार्जुन वडा नंं ६ वडा सभापति कपिल पुरी, प्रदेश ‘ख’ सचिव एवम् वडा सदस्य देवेन्द्रराज गिरी, प्रदेश उप–सभापति एवम् वडा अध्यक्ष रमेश प्रसाद गौतम, वडा सदस्य शशि प्रसाद गिरी, प्रदेश ‘ख’ सदस्य हरिमान लामा र क्षेत्रीय सदस्य दिपक भट्टराईलगायत महिला नेतृहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।


नेपाली काँग्रेस वडा नं. ८ भिमढुङ्गा वडा कार्यसमितिका सभापति एवम् काँग्रेस नेता रामहरी प्रसाद मरहठ्ठाको सभापतित्वमा सम्पन्न भएको उक्त वडा कार्यसमितिको कार्यालय स्थापना गर्न भिमढुङ्गास्थित नेपाली काँग्रेसका विभिन्न भातृ तथा शुवेच्छुक संस्थाहरुका प्रतिनिधिहरु र नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्ण नेता, कार्यकर्ता तथा स्थानीय जनतालाई नेता मरहठ्ठाले धन्यवाद ज्ञापन गर्दै आगामी बैशाख ३० मा सम्पन्न हुने स्थानीय तह निर्वाचन केन्द्रीत कार्यक्रमहरु सञ्चालन गर्न कार्यालय स्थापना गरेर नेपाली काँग्रेसलाई बहुमत दिलाउँन नगरवासीको घर घरमा जाने र काँग्रेसलाई बहुमत दिलाउँन आग्रह गरिने सभापति मरहठ्ठाले बताए ।

वडा कार्यसमितिको कार्यालय स्थापना गर्न स्थानीय निरश तामाङ र शुक्रबहादुर तामाङकी आमा ठूलीकान्छी तामाङले आफ्नो घरको तल्लो तलामा रहेका घरकोठाहरु निशुल्क उपलब्ध गराएकी छिन् ।

सम्बन्धित समाचार

सुकुम्वासीलाई सुरक्षित स्थान होइन, अझ ठुलो जोखिममा धकेलियो : आङ्देम्बे
सुकुम्वासीलाई सुरक्षित स्थान होइन, अझ ठुलो जोखिममा धकेलियो : आङ्देम्बे
  • २०७८ फाल्गुन २०, १७: ५६

काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७८ फाल्गुन २०, १७: ५६

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७८ फाल्गुन २०, १७: ५६

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...