
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति आजको बैठक स्थगित गर्दै सोमबार विहान ११ बजे बस्ने भएको छ ।
यसअघि आइतबार ११ बजेबाट २ बजे सार्दै माओवादी केन्द्रले आजको बैठक भोलिलाई सारेको हो ।
पुषमा आठौँ महाधिवेशन पछि पटक–पटक पदाधिकारी चयन गर्ने हल्ला गर्दै अहिलेसम्म माओवादीले पदाधिकारी चयन गर्न सकेको छैन । केन्द्रीय पदाधिकारी चयन गर्न शुक्रबारबाट बसेको बैठकमा नेताहरुबीच सहमति हुन नसकेपछि आजको बैठक स्थगित गरिएको एक नेताले बताए ।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता व्याख्यात्मक टिप्पणीसहित संसदबाट अनुमोदन गर्न सहयोग गरेको सत्तारुढ गठबन्धनको माओवादी केन्द्र भित्र खठपट सुरु भएको छ । एमसीसीका विषयमा माओवादीका नेता नारायणकाजी श्रेष्ठलगायतले असन्तुष्टि व्यक्त गरेका छन् । यस विषयमा पार्टीभित्रै साझा धारणा बनाउन पनि अध्यक्ष प्रचण्ड लागि परेको बताइएको छ ।
माओवादी केन्द्रको बैठकमा केन्द्रीय सदस्य मनोनयन र पदाधिकारी चयनलगाएका विषयमा छलफल हुने बताइए पनि आजको बैठक भोलि सारिएको एक नेताले बताए । उनका अनुसार केन्द्रीय सदस्य मनोनयन र पदाधिकारी चयनमा समेत केन्द्रीय समितिमा सहमति हुन सकिरहेको छैन् । अब भोलिको बैठकले यसबारे सम्बोधन गर्ने उनको भनाई छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले जनसरोकारका विषयहरूलाई ‘स्टन्ट’ र ‘फन्डा’ मार्फत विषयान्तर गर्न खोजेको...