महिला हकका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चितका लागि सरकार प्रतिवद्ध छः प्रधानमन्त्री देउवा – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

महिला हकका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चितका लागि सरकार प्रतिवद्ध छः प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला हकका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चितका लागि सरकार प्रतिवद्ध रहेको बताएका छन् । मंगलबार ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रधानमन्त्री देउवाले महिला हकका लागि संविधानले व्यवस्था गरेको अधिकार सुनिश्चितका लागि सरकार प्रतिवद्ध रहेको बताउदै महिला अधिकार र सशक्तीकरणका लागि सबै एकजुट भएर लाग्नु पर्ने बताए ।

महिलाविरुद्ध हुने सबैखाले भेद्भाव र हिंसाविरुद्ध अभियानका रुपमा सञ्चालन गर्दै देशको कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी महिलाको लैङ्गिक, सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्न सबै प्रतिबद्ध हुनुपर्ने उनको भनाई छ ।

त्यस्तै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले समाजमा विद्यमान पितृसतात्मक सोच र व्यवहारलाई निवारण गर्न नसक्नु चुनौतीको विषय भएको उल्लेख गर्दै महिला हिंसा र असमानतालाई पूर्ण रुपमा निर्मूल नपारेसम्म देश र समाजको आर्थिक, सामाजिक विकास नहुने बताइन् ।

सरकारले ‘सामाजिक न्याय र लैङ्गिक समानता ः दिगो विकासको सुनिश्चितता’ भन्ने राष्ट्रिय नाराका महिला दिवस मनाइएको हो । सन् १९१० मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरण गर्न तथा महिला हक अधिकार स्थापित गर्न सङ्घर्ष सुरु गरेको दिनका रूपमा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाउने गरिएको छ ।

सम्बन्धित समाचार

सुकुम्वासीलाई सुरक्षित स्थान होइन, अझ ठुलो जोखिममा धकेलियो : आङ्देम्बे
सुकुम्वासीलाई सुरक्षित स्थान होइन, अझ ठुलो जोखिममा धकेलियो : आङ्देम्बे
  • २०७८ फाल्गुन २४, १७: ०१

काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७८ फाल्गुन २४, १७: ०१

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७८ फाल्गुन २४, १७: ०१

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...