
बैतडी । नेकपा एमालेबाट निर्वाचित बैतडी शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुष्मा चन्दले एमाले पार्टीभित्र भ्रष्ट चरित्र मौलाएको सामन्तवादी पार्टीको संज्ञा दिंदै बिहीबार एक कार्यक्रमका बीच नेपाली काग्रेसमा प्रवेश गरेकी छिन् ।
नेकपा एमालेभित्रका विविध पक्षहरुमा असमती जनाउँदै बा प्रवृतिको विकासले पार्टी अगाडी बढेको र पार्टीमा नातावाद, कृपावाद हावी भएकाले संस्कारयुक्त राजनीति गर्न काग्रेसमा प्रवेश गरेको गाउँपालिकाकी उपाध्यक्ष चन्दले बताइन ।

बिहीबार नेपाली काँग्रेस सुल्लेखानको आमसभालाई सम्बोधन गर्दै काँग्रेस केन्द्रीय सह–महामन्त्री बद्री पाण्डेले काँग्रेसको राजनीतिमा प्रवेश गरेकी चन्दलाई सदस्यता प्रदान गरी पार्टीमा स्वागत गरेका थिए । उनले नेपालको राजनीतिक परिवर्तनमा काँग्रेसले नेतृत्वदायी भूमिका खेलेको बताउँदै आगामी निर्वाचनमा काँग्रेसलाई जिताई देश विकासको अभिभारा पूरा गर्न स्थानीयलाई अनुरोध गरे ।
यस्तै एमालेबाटै कार्यपालिका सदस्य भएका राजेन्द्र दयालले पनि एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको जनाइएको छ ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले जनसरोकारका विषयहरूलाई ‘स्टन्ट’ र ‘फन्डा’ मार्फत विषयान्तर गर्न खोजेको...