शुक्रबारबाट सिन्धुपाल्चाेक जिल्ला अधिवेशन सुरू, नेतृत्वका लागि ३ जना चुनावी मैदानमा – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

शुक्रबारबाट सिन्धुपाल्चाेक जिल्ला अधिवेशन सुरू, नेतृत्वका लागि ३ जना चुनावी मैदानमा

सिन्धपाल्चोक । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत विभिन्न कारणले पटक–पटक स्थगित भएको नेपाली काँग्रेस सिन्धुपाल्चोकको अधिवेशन शक्रबारबाट सुरु भएको छ ।

सिन्धुपाल्चोक जिल्ला सदरमुकाम चौतारास्थित आजबाट सुरु अधिवेशन अन्तर्गत भोलि फागुन २८ गते नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यक्रम रहेको बताइएको छ ।
काँग्रेस जिल्ला निर्वाचन अधिकृत देवबहादुर महतले अधिवेशन अन्तर्गत मतदानका लागि तालिका र मतदाता नामावली सार्वजनिक भइसकेको बताए ।

उनकाअनुसार आज दिउँसो १ः३० बजेदेखि ३ः३० बजेसम्म मनोनयन दर्ताको कार्यक्रम रहेको छ भने ४ः१५ मा उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक गरिने र ५ः४५ बजेसम्म उम्मेदवारी माथि दावी विरोधको समय रहेको छ ।

त्यस्तै आज साँझ नै दावीविरोध उपर छलफल सके पछि साँझ ६ः४५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन अधिकृत महतले बताए ।

अधिकृत महतले नयाँ नेतृत्व चयनका लागि भने शनिबार मतदान कार्यक्रम रहेको जानकारी दिए । मतदान भोलि बिहान ८ बजेबाट अपरान्ह ३ः३० बजेसम्म सकिने बताए भने आवश्यक प्रक्रिया पूरा गरी अपरान्ह ४ः१५ बजेबाट मतगणना हुने सक्ने उनले बताए ।

यता, नयाँ नेतृत्व हत्याउनका लागि संस्थापन पक्ष र संस्थापन इतर पक्षबाट ३ जना चुनावी दौडमा रहेको बताइएको छ । स्थापन पक्षबाट डा. प्रेमध्वज लामा र जंगबहादुर लामा निर्वाचनमा होमीएका छन् भने स्थापन इतर पक्षबाट वंशलाल तामाङ मैदानमा रहेका छन् ।

सिन्धुपाल्चोक काँग्रेसमा यसअघि संस्थापन इतर पक्षको बलियो भएको जिल्लाको रुपमा हेरिए पनि क्षेत्रीय प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संख्याका आधारमा भने जिल्लामा संस्थापन पक्षले बलियो देखिएको छ ।

सम्बन्धित समाचार

बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
  • २०७८ फाल्गुन २७, ११: ४१

काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको...

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
  • २०७८ फाल्गुन २७, ११: ४१

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस संसदीय दलको बैठकको निर्णयअनुसार कर्णाली...

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७८ फाल्गुन २७, ११: ४१

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...