
काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ पाँच दलीय गठबन्धन कांग्रेसले चाहेरमात्र नभई परिस्थितिले बनाएको बताएका छन् ।
काँग्रेसभित्र अहिले स्थानीय तह निर्वाचनमा गठबन्धन वा एक्लै भन्ने कुरा उठिरहेको बेला नेता सिंहले शुक्रबार काठमाडौंको आलोक नगरमा बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै परिस्थिति जन्य गठबन्धन बनेकाले चुनावी तालमेलका विषयमा ‘‘घर–घर जाऔं, काँग्रेस जिताऔं’’ अभियानपछि पार्टीले निर्णय लिने बताएका हुन् ।
काँग्रेसले फागुन २९ गतेबाट १ महिने चुनावी अभियान सूर गर्ने कार्यक्रम सावजनिक गरेसंगै देशभरबाट चुनावी रिर्पोट आउने र सो रिर्पोटबाट काँग्रेसले गठबन्धन गर्ने वा नगर्ने बारे पार्टीले सोच्ने नेता सिंहले भने ।
नेता सिंहले पार्टीका नेताहरुले स्थानीय, प्रदेश र केन्द्रको चुनावका विषयमा ३ थरी कुरा गरिरहेको बताएका छन् । एक थरी चुनाव एक्लै लड्नु पर्ने बताइरहेका छन्, अर्को थरी गठबन्धन मै जानुपर्छ भन्छ भने केहीले चुनावी तालमेल जिल्लालाई निर्णय गर्न दिनु पर्ने बताइरहेका छन् ।

त्यस्तै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार पर्सामा आयोजित कार्यक्रममा केन्द्रदेखि स्थानीय तहसम्म सत्ता गठबन्धन मिलेर जानुपर्ने अभिव्यक्ति दिंदै एक महिने चुनावी अभियानमा गठबन्धनलाई उप्ठारो पर्ने कुनै पनि कार्य नगर्न समेत निर्देशन दिएका थिए ।
काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको...
काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस संसदीय दलको बैठकको निर्णयअनुसार कर्णाली...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...