
काठमाडौं । नेपाली काँग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाँणले अमेरिकी आर्थिक सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता नेपालको भौतिक पूर्वाधार विकासका लागि आवश्यक भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारण सभालाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले एमसीसी नेपालमा नेपाल सरकारसंगको सहकार्यमा आएको नितान्त विकासको परियोजना भएकोले यसलाई सैन्य सझौता भनि प्रचार गर्नु गलत भएको बताएका हुन् ।
एमसीसी नेपालको गरिबी निवारण, वेरोजगारी निवारण, भौतिक पूर्वाधार बढाउने उद्देश्यले आएको विकास साझेदारी भएको बताउँदै मन्त्री खाँणले एमसीसीबाट उत्पाधित विद्युत प्रसारणलाइन विस्तार गरेर जनताको घरदैलोमा पुर्याउने र बढी भएको विद्युत छिमेकी देशलाई बेचेर आर्थिक उन्नति गर्ने उदेश्य रहेको बताए ।
एमसीसी अनुमोदनका विषयमा प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षीसंग कुरा गरेको बताउँदै एमसीसी राष्ट्र हित भएको, संसदमा अनुमोदन नभए नेपालको कुटनीतिमा असर पर्ने, तपाईहरुले संसदमा पेश गरेपछि सहयोग गर्न आग्रह गरे भने त्यसका लागि फेरी प्रधानमन्त्री बन्न नेता ओलीलाई आग्रहसमेत गरेको बताए ।
प्रधानमन्त्रीको आग्रहलाई सहज लिएका एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका केही नेताहरुमा आफु सरकारमा हँुदा एउटा कुरा गर्ने र सरकारमा नहुँदा अर्को कुरा गर्ने प्रवृति रहेको बताए ।
विरोधका बावजुत पनि एमसीसी प्रतिनिधि सभाबाट अनुमोदन भएको भन्दै यसले नेपालको भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
त्यस्तै मन्त्री खाँणले सम्पूर्ण निर्माण व्यवसायीहरुलाई स्वच्छ प्रतिस्पर्धा गरी देशको आर्थिक, भौतिक विकासमा योगदान गर्न आग्रह गर्दै सरकारले गर्नु पर्ने कामहरुमा सरकार तयार रहेको बताए । साथै सम्मेलनको पूर्ण सफलताको कामना गरेका थिए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको कजुवे–रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी,...
काठमाडौँ | प्रतिनिधिसभामा सांसदहरूले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनको घटनाबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
काठमाडौँ : राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि सरकार र विद्यमान शासन प्रणालीप्रति आलोचना...