
काठमाडौं । चुनावी प्रचार अभियान सम्पन्न गर्न नेपाली काँग्रेसले ७७ वटै जिल्लामा कार्यसमितिको बैठक बोलाइएको छ। आइतबारदेखि एक महिनासम्म कांग्रेसले स्थानीय चुनाव केन्द्रित प्रचार अभियान गर्ने जनाएको छ ।
पार्टी र भ्रातृ संस्थालाई व्यापक रुपमा परिचालन तथा केन्द्रको निर्णय कार्यान्वयन गर्न सबै जिल्ला कार्यसमितिको बैठक बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।
‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत कांग्रेसले ७७ केन्द्रीय नेतालाई जिल्ला जिल्लामा खटाएको छ। अधिकांश नेताहरू जिल्लामा पुगिसकेको नेपाली काँग्रेसले जनाएको छ ।
केन्द्रबाट पठाइएका नेताको सहभागितामा जिल्ला कार्य समितिको बैठक बस्न लागेको छ । केन्द्रले बनाएको कार्यक्रमलाई प्रभावित नहुने गरी जिल्ला र प्रदेशले थप कार्यक्रम गर्नसक्ने कार्यदेश समेत दिइएको छ।
भेला, प्रशिक्षण, सम्मानलगायत कार्यक्रम अभियानमा समेटिएको छ । कार्यकर्तालाई भूमिका दिएर प्रचारमा खटाउने कांग्रेसले जनाएको छ।
पदीय जिम्मेवारी पाएर पनि भूमिका नभएको भन्दै असन्तुष्टि बढेपछि कांग्रेसले यस्तो निर्णय गरेको एक नेताले नयाँ विकल्पलाई बताए ।
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको कजुवे–रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी,...