
काठमाडौं । आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरुलाई जिताउन आइतबारदेखि एक महिने ‘‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’’ चुनावी अभियान ७७ जिल्लाबाट एकै साथ सुभारम्भ हुदैछ ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले आजबाट सुरु हुने एक महिने चुनावी अभियान दिउँसो १ बजे एकसाथ जिल्लास्तरीयरूपमा अभियान शुभारम्भ हुने जानकारी दिए ।
स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारहरुलाई विजयी गराउन वडा र टोल तहसम्म पार्टीभित्र एकता र ऊर्जा अभिवृद्धि गर्ने मतदातालाई काँग्रेसलाई मतदान गर्न अपिल गर्दै गठबन्धन सरकारले प्रतिनिधिसभाबाट अनुमोदन गरेको अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीको बारेमा जानकारी दिंदै एमसीसीबारे जनतामा अन्य दलहरुले पारेको भ्रमलाई चिर्ने उद्देश्य रहेको जानकारी दिए ।
त्यस्तै काँग्रेस केन्द्रीय कार्यालयले ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ को नीतिसाथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टीपङ्क्तिलाई स्थानीय निर्वाचनमा परिचालनको नीति लिएको बताइएको छ ।
त्यस्तै काँग्रेसको नेतृत्वको सरकारले विगतमा हासिल राजनीतिक र आर्थिक उपलब्धिलाई जनतासमक्ष स्पष्ट राख्दै, संविधान रक्षाका लागि काग्रेसले खेलको भुमिकालाई जनतामाँझ पस्किदै काँग्रेस नेतृत्वको सरकारले छोटो समयमा ७० प्रतिशत नागरिकलाई खोप लगाइसकेकोलगायत जनहितका कार्यहरुलाई जनतासमक्ष पु¥याइने जनाइएको छ ।
यस अभियानले देशैभर नेपाली काँग्रेसको पक्षमा जनमत सृजना हुने बताइएको छ । नेपालको राजनीतिकमा काँग्रेसले जहिले पनि अभिभावकीय भूमिका निर्वाह गर्दै देश र जनताको समृद्धि लागि सधै डटेर लडेको गर्भिलो इतिहास रहेकोले नेपाली जनताले काँग्रेसको नेतृत्वमा नै देशको समग्र विकास चाहेको आकंलन गरिएको छ ।
काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...