
काठमाडौं । नेपाली काँग्रेसको १४औं महाधिवेशन अन्तर्गत बाँकी रहेका जिल्ला अधिवेशनहरु सकिएको घोषणा गरेको छ । काँग्रेसले देशभरका ७७ वटै जिल्लामा सबै अधिवेशन सकिएको जानकारी दिएको हो ।
स्थानीय निर्वाचनलाई मध्य नजर गर्दै नेपाली काँग्रेसले सबै जिल्लामा नेतृत्व चयन गरेको हो । सबै जिल्लाका जिल्ला नेतृत्व अब स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउन चुनावी अभियानमा रहेका छन् ।
काँग्रेस करिब ६ वर्षको अन्तरालमा सबै जिल्लामा नेतृत्व स्थापित गरेको हो । देशभरका ४४ जिल्लामा संस्थापन पक्षको नेतृत्व रहेको छ भने ३३ जिल्लामा स्थापनइतर पक्षका नेताहरुले जिल्ला नेतृत्व समालेका छन् । काँग्रेस लोकतान्त्रिक परिपाटी अनुसार आन्तरिक निर्वाचनमा प्रतिपस्र्धा गर्दै पार्टीलाई थप सबल बनाउँन सबै क्षेत्रबाट नेताहरु लागेको बताइएको छ ।
गत मंसिरमा काँग्रेसले १४औं केन्द्रीय महाधिवेशन सम्पन्न गरेको गरेको थियो भने केन्द्रीय महाधिवेशन अगाडि विभिन्न समस्याका कारण ६१ जिल्लामा मात्र अधिवेशन सम्पन्न गर्न सकेको थियो ।
महाधिवेशन पश्चात काँग्रेसले जिल्ला अधिवेशन बाँकी रहेका १६ जिल्लाका अधिवेशन भर्खरै समापन गरेको हो ।
काठमाडौं। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायु सक्रिय रहेको जनाएको छ। महाशाखाका अनुसार मनसुनको...
काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...
काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...