न्यायालयकाे सुधारका लागि महाअभियाेग ल्याइएकाे नेता सिंहकाे दाबी – Naya Bikalpa
July 17, 2026, Friday      Epaper
एमसीसीमा केही दलकाे दाेहाेराे प्रवृतिले जनतामा भ्रम सृजना गर्‍याे

न्यायालयकाे सुधारका लागि महाअभियाेग ल्याइएकाे नेता सिंहकाे दाबी

काडमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सोमबार काठमाडौंमा आयोजित ‘घर–घर जाऔं, काँग्रेस जिताऔं’ अभियानलाई सम्बोधन गर्ने क्रममा न्यायालयबाट नागरिकहरुले सहज रुपमा न्यान पाउँन नसकेका कारण प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबरा राणाविरुद्ध गठबन्धन सरकारका सांसदहरुले महाअभियोग लगाउनु परेको बताउनु भएको छ ।

न्यायालयको नेतृत्व असफल भएपछि समग्र न्यायालय सुधारका लागि संविधानसम्मत सुधारको प्रयास थालिएको जिकीर गर्नुभयो । अमेरिकी सहयोग परियोजना एमसिसीमा कुनै प्रकारको राष्ट्रघात नभएको पनि नेता सिंहको भनाई छ ।

न्यायालयको नेतृत्व गरेका चोलेन्द्र शमशेर जबराको नेतृत्व असफल सावित भएको बताउँदै संविधानसम्मत सुधारका लागि महाअभियोग ल्याइएको बताएका हुन् ।

त्यस्तै नेता सिंहले नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरु जनताको घर दैलोमा पुगेर मतदाताहरुलाई नेपाली काँग्रेसलाई किन मतदान गर्ने भन्नेबारेमा जानकारी दिंदै मतदानका निम्ति अपील गर्ने बताए ।

चुनावी अभियानका क्रममा देशभरका काँग्रेस कार्यकर्ताहरुले अमेरिकी आर्थिक सहायता परियोजना एमसीसी र प्रधानन्यायाधीसविरुद्धको महाअभियोगबारे स्पष्ट रुपमा जनतालाई बुझाउने, जनतामा रहेको भ्रमलाई चिर्ने काम गर्ने विश्वास व्यक्त गरे । उनले जनताको घर दैलोबाट काँग्रेस पार्टीलाई आएको सुझाव, सल्लाहलाई ग्रहण गर्दै आगामी दिनमा त्यसलाई कार्यान्वयन गर्ने तर्फ पार्टी अगाडी बढ्ने जानकारी दिए ।

त्यस्तै सत्तारुढ पाँच दलीय गठबन्धन नेपाली काँग्रेसको रहरले मात्रै नभएको र तत्कालीन केपी प्रवृतिको विरुद्ध, संविधानको रक्षार्थ गठबन्धन बनेको स्मरण गर्दै चुनावी गठबन्धन गर्ने नगर्ने भन्नेबारे पार्टी केन्द्रभित्र छलफल नभएको जानकारी दिए ।

दुई तिहाई अवसर पाएको केपी सरकारले अवसर पाएर पनि नेपाली जनताको पक्षमा काम गर्न नसकेको बताउँदै जस्तो सुकै परिस्थितिमा पनि नेपाली जनता र देशको पक्षमा नेपाली काँग्रेसले मात्रै काम गर्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेको बताए ।

अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीका बारेमा सरकार हुँदा राष्ट्र हित र सरकार बाहिर हुँदा राष्ट्रघाती देख्ने प्रवृतिका कारण जनतामा भ्रम सृजना भएको बताए ।

एमसीसीमा कुनै राष्ट्रघात नभएको र यो आर्थिक सहायताले नेपालमा गरिबी हटाउन, भौतिक पूर्वाधार निर्माण गर्न सकिने बताए । यसबाट नेपालमा रोजगारीको सृजना हुने र रोजगारीका लागि विदेश जान नपर्ने भएकाले भ्रमको पछि नलाग्न सबैलाई आग्रह गरे ।

सम्बन्धित समाचार

बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
  • २०७८ फाल्गुन ३०, १४: ३३

काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको...

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
  • २०७८ फाल्गुन ३०, १४: ३३

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस संसदीय दलको बैठकको निर्णयअनुसार कर्णाली...

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७८ फाल्गुन ३०, १४: ३३

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...