काँग्रेस वडा पिच्छे कार्यालय खोलेर निर्वाचनमा होमियो – Naya Bikalpa
July 12, 2026, Sunday      Epaper

काँग्रेस वडा पिच्छे कार्यालय खोलेर निर्वाचनमा होमियो

काठमाडौं । नागार्जुन नगरपालिका वडा नं. ६ स्थित रामकोटमा नेपाली काँग्रेसको वडा कार्यालय स्थापना गरी चुनावी अभियानमा लागेको छन् । नेपाली काँग्रेस नागार्जुन नगरपालिका अन्तर्गत ६ नं. वडा कार्यालय स्थापना गर्दै स्थानीय नेता तथा कार्यकर्ताहरुले चुनावी अभियान थालेका हुन् ।

कार्यालय स्थापनाका प्रमुख अतिथि एवम् संविधान सभाका सदस्य एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य ध्यान गोविन्द रञ्जितले एक समारोहबीच कार्यालयको रिबन काटेर उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि रञ्जितले काँग्रेस पार्टीले इतिहासदेखि वर्तमानसम्म मुलुकका हरेक लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्दै आएको हुँदा यतिबेला पनि पार्टीको सभापति वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले मुलुकको बागडोर सम्हाल्दै आएका छन् । दुई तिहाई नजिक पुगेको कम्युनिष्टहरु सत्ताको लुछाचुडीका कारण सत्ता छोड्न बाध्य भए र काँग्रेसले नै मुलुकको भागडोर समाल्न पर्ने स्थिति आएको हुँदा सभापति देउवा प्रधानमन्त्री भएर मुलुकलाई गतिशिल बनाइरहेका छन् ।


रञ्जितले भने, ‘‘हामी नेतृत्वमा हुँदा हामीले धेरै विकास निर्माणका कार्यहरु गरेका छौं । नेपाली काँग्रेस प्रचारमुखी भन्दा पनि काममुखी भएकाले त्यति प्रचार–प्रसार हुदैनन् । अहिले पनि यो नागार्जुन नगरपालिकाले नगरवासीले अपेक्षा गरे भन्दा धेरै विकास निर्माणका कार्यहरु सम्पन्न भइसकेको र बाँकी पुरा गर्न लागि परेको परेका छौं । यहाँ सम्पन्न विकास निर्माण कार्यहरु चित्त बुझ्दो तरिकाले नगरपालिकाले सम्पन्न गरेकोमा निर्वाचिन पदाधिकारीहरुलाई धन्यवाद । ९ नं क्षेत्रमा आफु संविधान सभा सदस्यमा निर्वाचित भएर विकासका विभिन्न कार्यहरु सम्पन्न भए पनि प्रचार नभएकाले हामीले गरेका राम्रो कामको प्रचार–प्रसार गर्नुपर्छ ।’’

कार्यालय उद्घाटन तथा चुनावी अभियानको सुरुवाती सभालाई सम्बोधन गर्दै विशिष्ट अतिथि नागार्जुन नगरपालिकाका नगर प्रमुख एवम् वागमती प्रदेशका उपसभापति मोहनबहादुर बस्नेतले नगरको विकासमा आफु लागि परेको हुँदा यो नगरपालिकामा फेरी पनि काँग्रेसले नै विजयी हासिल गर्ने दाबी गरे ।

कार्यक्रममा वडा अध्यक्ष एवम् नेपाली काँग्रेस काठमाडौं जिल्ला समितिका कोषाध्यक्ष राजेन्द्र बुढाथोकीले स्वागत मन्तव्य गरेका थिए भने वडा सभापति कपिल पुरीले सबैलाई धन्यवाद दिएका थिए । उक्त कार्यक्रममा क्षेत्र नं. ७, ८, ९, १० का नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

उपस्थित नेता तथा कार्यकर्ताहरु कपिल राज पुरी, ध्यान गोविन्द रन्जित, मोहन बहादुर बस्नेत, जय कृष्ण महर्जन, दामोदर गौतम, धर्मराज गौतम, गौरी दवाडी, रिता दवाडी, वरिष्ठ पत्रकार एवम् बुद्धिजिबी दामोदर प्रसाद दवाडी, श्याम कृष्ण खड्का, केदार मानन्धर, बुद्धिमान बलामी, बासु कार्की, लव ढुंगाना, शिवजी भट्टराई, सैलेस कर्माचार्य, राजेन्द्र भट्टराई, सन्तोस गिरी, मीम बहादुर मानन्धर, अर्जुनराज पुरी, सविन लामा, रामेश्वर लामा, शुक्र तामाङ, रमेश प्रसाद गौतम, रामकृष्ण भट्टराई, उज्जवल दवाडी, लक्ष्मीराम शर्मा, महेश थापा, रामेश्वरी ठकुराठी, शिव खनाल, दुर्गा प्रसाद गौतम, सशि प्रसाद गिरी, हम्जुला राई वि.क. सूर्यमान तामाङ, सुनिल कुमार पुरी, सुरज थापा, दिपेन्द्र श्रेष्ठ, निर्मल खनाल, विष्णुराज पुरी, ध्रुवराज पुरी, हरिहर भट्टराई, रामचन्द्र मरहठ्ठा, राजन पुरी, ज्ञानबहादुर के.सी, क्यामुना गिरी, सरिता खड्का, गजराज खड्का, राधिका श्रेष्ठ, रवि खनाल, रेणु खत्री, मिठु पुरीलगायत समारोहमा सर्वसाधारण तथा वुद्धिजिबी एवम् पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमको सञ्चालन वडा नं. ६का वडा सदस्य एवम् क्षेत्र नं ९ प्रदेश ‘ख’का सचिव देबेन्द्रराज गिरिले गरेका थिए ।

सम्बन्धित समाचार

सुकुम्वासीलाई सुरक्षित स्थान होइन, अझ ठुलो जोखिममा धकेलियो : आङ्देम्बे
सुकुम्वासीलाई सुरक्षित स्थान होइन, अझ ठुलो जोखिममा धकेलियो : आङ्देम्बे
  • २०७८ फाल्गुन ३०, १८: ३४

काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७८ फाल्गुन ३०, १८: ३४

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७८ फाल्गुन ३०, १८: ३४

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...