‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत काँग्रेसकाे संगठनलाई जनस्तरसम्म पुर्याइनेः चितवन काँग्रेस – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत काँग्रेसकाे संगठनलाई जनस्तरसम्म पुर्याइनेः चितवन काँग्रेस

चितवन । ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान अन्तर्गत नेपाली कांग्रेस चितवन जिल्ला शाखाले आजदेखि जिल्लाका सबै निर्वाचन क्षेत्रमा औपचारिक कार्यक्रम गरी अभियान सुरु गरेको छ ।

नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको उल्लेख सहभागितामा जिल्लाका सबै निर्वाचन क्षेत्रका टोलटोलमा पुगेर मतदाताहरुका विभिन्न समस्याहरु संकलन गर्दै नेपाली काँग्रेसको नेतृत्वमा स्थानीय चुनावमा जनप्रतिनिधिहरु विजयी भएमा समाधान गर्ने बताए ।

मतदाताहरुलाई नेपाली काँग्रेस नेतृत्वमा रहेको बेलामा गरेका कामहरुबारे जानकारी दिंदै केही दलहरुका कारण अमेरिकी आर्थिक सहायता परियोजना एमसीसी बारे भ्रम सृजना भएको र यसबारे केन्द्रले जनताले बुझ्ने भाषामा बुझाउन परिपत्र गरेको बताउँदै जिल्ला सचिव ध्रुवराज पोखरेलले समाजमा एमसीसीबारेको भ्रम चिर्नका लागि अभियान सुरु गरिएको बताए ।

उनले चितवन क्षेत्र नम्बर १ मा क्षेत्रीय पार्टी कार्यालय पर्सा–२ मा कांग्रेस जिल्ला पार्टी कार्यालय र क्षेत्र नं ३ को गीतानगरस्थित होटल रोयल ब्याङ्क्वेटबाट अभियान शुभारम्भ भएको जानकारी दिए ।

चुनावी अभियानमा यस क्षेत्रको कार्यक्रमका लागि केन्द्रबाट खटिएका केन्द्रीय प्रतिनिधि अब्दुल सतार उपस्थित भई अभियानका बारेमा जानकारी गराएको बताए ।

यस अभियानमा क्षेत्र, प्रदेश र वडास्तरमा रहेका कार्यकर्ताहरुलाई उर्जा भर्दै टोलटोलमा नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउँन टोल कार्यसमिति गठन गरी पार्टी संगठनलाई जनस्तरसम्म पुर्याइने सचिव ध्रुवराज पोखरेलले जानकारी दिए ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७८ चैत्र १, १४: ०१

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...

विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
  • २०७८ चैत्र १, १४: ०१

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...

कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन
कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन
  • २०७८ चैत्र १, १४: ०१

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले जनसरोकारका विषयहरूलाई ‘स्टन्ट’ र ‘फन्डा’ मार्फत विषयान्तर गर्न खोजेको...