
काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सबै भातृ संगठनलाई पूर्णता दिने तयारी गरेका छन् । भातृ संगठनलाई पूर्णता दिन सभापति देउवाले नेपाल तरुण दल, नेपाल विद्यार्थी संघ लगायतका संगठनहरुको तदर्थ समिति गठन गर्ने तयारी गरेका हुन् ।
नेपाली काँग्रेसको संगठनात्मक संरचनामा कार्यकर्ता तथा नेता उत्पादन गर्ने नर्सरीका रुपमा रहेका भातृ संगठनहरुमा तदर्थ समिति गठनका लागि सभापति देउवा भातृ संगठनका नेताहरुसंग छलफलमा जुटेको बताइएको छ ।
विद्यार्थी कालबाट नै नेता उत्पादन गर्दै आएको नेपाल विद्यार्थी संघको नयाँ नेतृत्व चयनका लागि प्रधानमन्त्री देउवा पार्टीभित्र आन्तरिक छलफलमा लागेका छन् । नेविसंघको विधानबमोजिम ३२ वर्षको उमेर हदबन्दी रहेरै नयाँ नेतृत्व चयनको तयारीमा देउवा रहेको बताइएको छ ।
सभापतिका दाबेदार
कांग्रेस केन्द्रीय समितिले नेविसंघमा नयाँ कार्यसमितिमा नयाँ पुस्तालाई नेतृत्व दिने तयारी भइरहेको बताएको छ । नेपाल विद्यार्थी संघको सभापतिमा दुजाङ शेर्पा, प्रेम शाही र मनिष थापामध्ये एकलाई जिम्मेवारी दिने तयारी भइरहेको एक नेताले बताएका छन् ।
उनका अनुसार सभापतिका दाबेदार शेर्पा कांग्रेसका पूर्व महाधिवेशन प्रतिनिधि हुन् । नेविसंघको ११ औं महाधिवेशनमा सहमहामन्त्रीमा प्रतिस्पर्धा गरेका शेर्पाले पार्टी नेतृत्व तथा पदाधिकारीलाई भेटेर संगठनको नेतृत्व गर्न आफू तयार रहेको बताउँदै आएको बताइएको छ ।
त्यसैगरी सभापतिका अर्का दाबेदार प्रेम शाही नेविसंघका निवर्तमान केन्द्रीय सदस्य हुन् । उनले पशुपति क्याम्पसको पूर्व इकाई सचिवका रुपमा पनि काम गरेको बताएका छन् भने उनले पार्टीभित्र र विद्यार्थी संगठनमा कुशल संगठकको छवि बनाएका छन् । स्रोतका अनुसार शाही पनि नेविसंघको सभापतिको बन्नका लागि लबिङ गरिरहेको छन् ।
त्यस्तै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका मनिष थापा पनि विद्यार्थी संघको नेतृत्वका लागि दाबेदार रहेको बताइएको छ । यसअघि नेविसंघमा काम नगरे पनि केन्द्रीय पदाधिकारीमा दावी गरिरहेको बताइएको छ ।
त्यसैगरी उपसभापतिमा एलिजा ढकाल, सुशील भट्ट, टकेन्द्र राई, मीरा कटुवाल, पूजा फुयाल लगायतले दावी गरेको स्रोतले जानकारी दिएको छ । ढकाल, भट्ट र कटुवाल नेविसंघका पूर्व केन्द्रीय सदस्य हुन् भने राई नेविसंघ सुनसरी जिल्ला सचिव हुन् ।
महामन्त्रीमा मुख्य २ दाबेदार
त्यसैगरी, महामन्त्रीमा मुख्य दुई युवा नेताले दावी गरेका छन् । संस्थापन पक्ष युवा नेता राज थेबे र उषा सापकोटालाई महामन्त्रीको जिम्मेवारी दिने काँग्रेसको तयारी छ । थेबे केन्द्रीय महाधिवेशन प्रतिनिधि हुन् ।
झापाको धुलाबारी क्याम्पस पूर्व इकाई सभापति तथा ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–२ का पूर्व पार्टी सचिव रहेर काम गरेका थेबे विद्यार्थी संघको महामन्त्रीका दाबेदार हुन् । यता, सापकोटा बागलुङबाट प्रदेश प्रतिनिधिमा निर्वाचित भएकी हुन् । नेविसंघको पदाधिकारीका आकांक्षीहरूमा आकाश उप्रेती, गीता गुरुङ, पुनम भट्ट, पदम भट्ट, भुपेन्द्र थेबे, सञ्जीव ढकाल, प्रेमिका राना मगर, सुशान्त आचार्य लगायत छन् ।
नेवि संघका सभापति राजीव ढुङ्गाना नेपाली कांग्रेस केन्द्रीय सदस्य निर्वाचित भएपछि संगठनको तदर्थ समिति गठनको तयारी भइरहेको छ ।
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको कजुवे–रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी,...