एमसीसी नेपाल र नेपालीकाे हितमा छ, काँग्रेसले यसकाे भ्रम अन्त्य गर्नेछः गृहमन्त्री खाँण – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

एमसीसी नेपाल र नेपालीकाे हितमा छ, काँग्रेसले यसकाे भ्रम अन्त्य गर्नेछः गृहमन्त्री खाँण

पाल्पा । नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् गृहमन्त्री बालकृष्ण खाँणले मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसिसी सम्झौता विद्युतीकरण, बाटो निर्माण र नेपालको गरिबी निवारणका लागि भएकाले राष्ट्र हितमा रहेको बताएका छन् ।

नेपाली कांग्रेस रामपुर नगरपालिका पाल्पाले शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खाँणले एमसिसीबाट देशको सम्रह विकास हुने बताउँदै सम्झौता नेपालका लागि फाइदाजनक रहेको बताए । एमसीसी सझौताबाट देशमा रहेको बेरोजगारी समस्या केहि हदसम्म हट्ने बताउँदै देशमा नै रोजगारी बढ्ने, गरिबी हट्ने र अन्तर्राष्ट्रिय व्यापार समेत बढ्ने बताए ।

मन्त्री खाँणले नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले स्थानीय तह, प्रदेश र संघ सरकारको निर्वाचन गराउने बताउँदै स्थानीय तह निर्वाचनमा काँग्रेसलाई एक नम्बर पार्टी बनाउँन सबै नेता तथा कार्यकर्ताहरु एकताबद्ध भएर लाग्नुपर्ने बताए ।

घर–घर जाऔं, नेपाली काँग्रेस जिताऔं एक महिने राष्ट्रिय अभियानले नेपाली जनतामाझ केही राजनीतिक दलहरुले एमसीसीका विषयमा गरेका गलत प्रचार र भ्रमलाई अन्त्य गर्नेमा विश्वस्त रहेको बताए ।

त्यस्तै लुम्बिनी प्रदेश सरकारका पर्यटनमन्त्री डिल्लीबहादुर चौधरीले पाल्पा पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको ठाउँ रहेको बताउँदै प्रदेश सरकारबाट पर्यटन क्षेत्रमा सहयोग गर्दै जाने जानकारी दिए ।

सम्बन्धित समाचार

श्री ८ बालेन शाह प्रश्नभन्दा माथि छैनन् : कांग्रेस
श्री ८ बालेन शाह प्रश्नभन्दा माथि छैनन् : कांग्रेस
  • २०७८ चैत्र ६, १२: २४

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने भाष्य...

एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
  • २०७८ चैत्र ६, १२: २४

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप...

राज्यले नागरिकको आवाज दबाउन खोज्यो : कांग्रेस सभापति थापा
राज्यले नागरिकको आवाज दबाउन खोज्यो : कांग्रेस सभापति थापा
  • २०७८ चैत्र ६, १२: २४

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले राज्यले नागरिकको आवाज दबाउँदै अधिनायकवादी शैलीमा शासन सञ्चालन गर्न खोजेको आरोप लगाएका...