
काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आगामी निर्वाचनका लागि पार्टीले संद्धान्तिक निर्णय लिने बताएका छन् । सोमबारको पार्टी केन्द्रीय कार्यसमिति बैठकले गठबन्धनको पक्षमा सैद्धान्तिक निर्णय गर्ने प्रवक्ता महतले बताएका हुन् ।
प्रवक्ता महतले आजको बैठकले गठबन्धनका पक्षमा निर्णय गरेपनि यसको मोडालिटि कस्तो हुने भन्नेबारे आजै टुङगो नलाग्ने बताए । शुक्रबारबाट सुरु भएको केन्द्रीय समिति बैठकमा नेपाली काँग्रेसले अगाडी बढाएको एक महिने अभियान अन्तर्गत खटिएका केन्द्रीय प्रतिनिधिहरुले रिपोर्टिङ गरिरहेको र आज सो रिपोर्टिङ सकेर पाटीले सो निर्णय लिने बताए ।
जारी काँग्रेसको केन्द्रीय समिति बैठकमा आइतबारसम्म ‘घर घर जाऔं काँग्रेस जिताऔँ’ अभियानबाट फर्किएका ६० जना केन्द्रीय सदस्य तथा प्रतिनिधिले रिपोर्टिङ सकाएका छन् भने ६ प्रदेश सभापतिहरुले पनि रिपोर्टिङ सकाइसकेका छन् ।
सभापति शेरबहादुर देउवा निकटकै केन्द्रीय सदस्यले पनि चुनावी तालमेलको पक्षमा र नेता शेखर कोइराला समूहका नेताहरुले तालमेलको विपक्षमा मत राखेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शिर्ष नेताहरु चुनावी तालमेलको पक्षमा रहेको बताइएको छ ।
काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने भाष्य...
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप...