
काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पुराना कुरा विर्सेर आगामी निर्वाचनमा गठबन्धन गर्नुको विकल्प नरहेको बताएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा देउवाले माओवादीले पहिला मलाई गोली हानेकै हुननी भनेर प्रश्न गर्दै पुराना कुरा बिर्सिनु पर्ने बताएका हुन् ।
बैठकमा अधिकांश नेताहरुले विगतमा गठबन्धन गर्दा सफलता हात नपरेको र गठबन्धनका दलहरुले धाको दिएको बताउँदै अबको निर्वाचनमा काँग्रेस एक्लै जानुपर्ने बताएका थिए । नेताहरुको कुरालाई खण्डन गर्दै सभापति देउवाले पहिला एक्लै लड्दा आफूले समेत बालबाल जितेको बताए । गत निर्वाचनमा गठबन्धन नभर धेरै काँग्रेसका उम्मेदवारहरुले हारेको बताउँदै गठबन्धन गर्नुको विकल्प नरहेको बताए । चुनावी तालमेल गरेर जाँदा नेपाली काँग्रेसका सबै साथीहरु चुनाव जित्ने तर्क देउवाको छ ।
पुराना कुराहरु सम्झेर नहुने बताउँदै प्रधानमन्त्री देउवाले गठबन्धनकै कारण संविधानको रक्षाका लागि नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनेको स्मरण गराए । गठबन्धनका दलहरुको योगदानलाई पनि विर्सन नहुने बताउँदै आफु फेरि पार्टी सभापति नहुने भएकाले वर्तमान अवस्थालाई हेर्दै गठबन्धन गर्नुपर्ने तर्क अघि सारे ।
यता, नेपाली काँग्रेसभित्र देउवा इतरका नेताहरुले समयसमयमा आगामी निर्वाचनमा गठबन्धन गरेर जान नहुने बताइरहेका छन् । कांग्रेस नेता डा. शेखर कोइराला पक्ष निर्वाचनमा गठबनधन गरेर जान नहुने पक्षमा अडिग रहेपनि एक्लै प्रतिस्पर्धा गर्दा थोरै ठाउँमा मात्र जित हासिल हुने देउवा पक्षको आंकलन रहेको छ । बैठकमा शेखर कोइरालासहितका नेताले चुनावी गठबन्धनको विपक्षमा आफ्ना कुराहरु राखेको एक काँग्रेस नेताले विकल्पलाई बताए ।
त्यस्तै बैठकमा काँग्रेस नेता एवम् गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनको सरकार बनाउँदा गठबन्धनमा रहेका दलहरुसंग तीनै तहको चुनावमा गठबन्धन गर्ने सहमति भएको रहस्य खोलेका थिए । नेता खाँणले काँग्रेसले गरेको त्यो सहमति नतोडि गठबन्धन बचाउनु पर्ने तर्क राखेका थिए । सभापति देउवाले जस्तै तीनै तहको निर्वाचनमा गठबन्धन गर्दा कांग्रेसलाई फाइदा हुने बताए ।
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने भाष्य...
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले राज्यले नागरिकको आवाज दबाउँदै अधिनायकवादी शैलीमा शासन सञ्चालन गर्न खोजेको आरोप लगाएका...