
काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि दिनको ३ बजे पुनः बस्ने गरी स्थगित भएको छ । शुक्रबारबाट पार्टी कार्यालय सानेपामा जारी बैठक भोलि मंगलबार पुनः बस्नेगरी सकिएको काँग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले बताएका हुन् ।
प्रवक्ता महतले काँग्रेसको एक महिने चुनाव केन्द्रीत राष्ट्रिय अभियान जिल्ला जिल्लामा खटिएका केन्द्रीय सदस्य तथा प्रतिनिधिहरुले आफ्नो रिर्पोटिङ्ग गरेको जानकारी दिए ।
बैठकमा सभापति शेरबहादुर देउवाले विगतमा नेकपा माओवादीले आफुलाई पनि गोली हानेको र अहिले राष्ट्रिय राजनीतिमा आफुहरुसंगै रहेको स्मरण गर्दै देशभर काँग्रेसका साथीहरुलाई जिताउँन गठबन्धन गर्नुको विकल्प नरहेको बताएका थिए ।
सभापति देउवाले पुराना कुराहरु भुलेर आवश्यकताको सिद्धान्तका आधारमा गठबन्धन गर्दै अगाडी बढ्नु पर्ने अहिलेको आवश्यकता रहेको बताएका थिए ।
त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि देउवाका कुरामा सहमति जनाउँदै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई थप बलियो नबनाउन गठबन्धन गर्नुपर्ने बताए । पौडेलले ओली बलियो बनाउनु भन्दा माओवादी र नेपालको पार्टीलाई सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।

त्यसैगरी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा गठबन्धको पक्ष र विपक्षमा देखिएको एक नेताले बताए । महामन्त्री शर्माले २०७४को निर्वाचन परिणामलाई विश्लेषण गर्दै आवश्यकताको आधारमा चुनावी तालमेल गर्नुपर्ने बताएका थिए भने थापा गठबन्धनको पक्षमा नरहेको बताएका थिए ।
त्यस्तै नेता शेखर कोइरालाले गठबन्धन के का लागि गर्ने भन्दै प्रश्न गरेका थिए । एमालेलाई साइजमा राख्न गठबन्धनको जरुरी नभएको भन्दै पार्टीको नीति र सिद्धान्तलाई तिलाञ्जली दिएर माओवादीलाई बोक्न नसकिने तर्क अगाडी सारेका थिए ।
बैठकमा काँग्रेस नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले सरकार बनाउँने बेला नै गठबन्धनका दलहरुबीच चुनावी तालमेल गर्ने विषयमा सहमति भएको बताउँदै काँग्रेसले सहमति नतोड्ने बताए । गठबन्धन गर्दै आगाडी बढ्नु पर्ने खाँणले बताए ।
नेपाली काँग्रेसका शीर्ष नेताहरुमा यति बेला गठबन्धन गर्ने नगर्ने विषय पेचिलो बन्दै गइरेको छ । बैठकमा केही नेताहरु चुनावी तालमेलको पक्षमा रहेका छने भने अन्य नेताहरु गठबन्धन गर्नुपर्ने पक्षमा रहेका छन्
। यता प्रदेश कार्यसमितिका सभापतिहरुले गठबन्धन गर्ने नगर्ने निर्णय गर्ने अख्तियारी स्थानीय पार्टी समितिलाई दिनुपर्ने बताउँदै आएको स्रोतले बताएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको कजुवे–रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी,...
काठमाडौँ | प्रतिनिधिसभामा सांसदहरूले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनको घटनाबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...
काठमाडौँ : राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारका क्रममा मृत्यु भएपछि सरकार र विद्यमान शासन प्रणालीप्रति आलोचना...