काठमाडौं काँग्रेसलाई स्थानीय निर्वाचनको चटारो – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper
नार्गाजुन नगरपालिकामा र चन्द्रागिरि नगरपालिकामा छुटाछुटै बृहत आमसभा

काठमाडौं काँग्रेसलाई स्थानीय निर्वाचनको चटारो

काठमाडौं । नेपाली काँग्रेसको घर–घर जाऔं, काँग्रेस जिताऔं राष्ट्रिय अभियान अन्तर्गत काँग्रेसले गाउँदेखि नगरस्तरिय कार्यक्रमलाई तीव्रता दिएको छ । जसअनुसार घरघर जाऔं काग्रेस जिताऔं अभियान अन्तर्गत केन्द्रीय कार्यसमितिले जिल्ला जिल्लामा पठाएका केन्द्रीय प्रतिनिधिहरुले नगरस्तरिय कार्यक्रमलाई सम्बोधन गर्दै मुलुकलाई काँग्रेसको बहुमतको सरकार चाहिएको हुँदा स्थानीय तहदेखि नै काँग्रेसलाई मत दिन आग्रह गरिरहेका छन् ।

नेपाली काँग्रेस र लोकतन्त्र एक अर्काका परिपुरक भएको हुँदा मुलुकमा लोकतन्त्रको संस्थागत विकासका लागि काँग्रेसको आवश्यकता भएको दाबी गरिहेका छन् । १० निर्वाचन क्षेत्र, २० प्रदेश क्षेत्र भएको काठमाडौं जिल्लामा काठमाडौंका काग्रेसीहरु पार्टीलाई नम्बर एक बनाउन निकै जुरुमुराएका छन् । गाउँगाउँका कार्यक्रम पश्चात नगर स्तरिय कार्यक्रममा केन्द्रीयस्तरका नेताहरु कार्यकर्ताहरुलाई मुलुकको वर्तमान परिस्थिति र एमसीसीको बारेमा यर्थाथता बुझेर घरघरमा काँग्रेसका गतिविधि, भावी नीति, विकास निर्माणका कार्यहरुबारे जानकारी दिन प्रत्येक जनताको घरघरमा आफ्ना कार्यकर्ताहरुलाई जनताको सुख दुःखमा साथ दिन निर्देशन दिइरहेका छन् ।


काँग्रेसका चुनावी गतिविधि र एक महिने राष्ट्रिय अभियान अन्तर्गत काठमाडौं जिल्लाको चन्द्रागिरि नगरपालिकामा नगर स्तरीय कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका प्रभावशाली नेता एवम् पूर्व महामन्त्री प्रकाशमान सिंहले आगामी निर्वाचनले मुलुकको भविष्य कोर्ने हुँदा बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसलाई देशैभर एक नम्बर पार्टी बनाउँन सबै नेता तथा कार्यकर्ताहरुले स्वास्र्थ त्यागेर अगाडी बढ्नु पर्ने बताए । नेता सिंहले आगामी निर्वाचनमा काँग्रेसलाई नै आफ्नो मत दिन आग्रह गरे ।


प्रमुख अतिथि प्रकाशमान सिंहले पार्टीमा विधी र विधान अनुसार स्थानीय तहबाट टिकट सिफारिस पठाउन र स्थानीय पार्टी समितिले आफ्नो अधिकारको प्रयोग गर्न आग्रह गरे । मुलुकलाई काँग्रेसको बहुमतको सरकार आवश्यकता भएको हुँदा स्थानीय तह निर्वाचनदेखि नै बहुमत दिन जनतालाई आग्रह गरे ।


उनले भने, ‘नेपाली काँग्रेस लोकतन्त्रको पर्यायवाची हो । लोकतन्त्र र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत गर्दै संविधानको रक्षा नेपाली काँग्रेसले मात्रै गर्न सक्ने विगतका घटनाक्रमले देखाएको छ । तसर्थ देशलाई काँग्रेसको बहुमतको सरकार चाहिएको छ । यसका लागि हामी सबै डटेर लागौं । काँग्रेसलाई एक नम्बर पार्टी बनाऔं ।’

कार्यक्रममा नेता सिंहले नेपाली काँग्रेसको नेतृत्व गरिरहेका स्थानीय तह र केन्द्र सरकारले जनताका लागि धेरै राम्रा कार्यहरु गरेको र विकास निर्माण कार्यहरुले पनि नेपाली काँग्रेसले नेतृत्व गरेका ठाउँहरुमा तीव्रता लिएको बताउँदै राम्रा कामहरुबारे जनताको घरदैलोमा पु¥याउन पनि कार्यकर्ताहरुलाई आग्रह गरे ।

त्यसैगरी नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य ध्यान गोविन्द रञ्जितले मुलुकलाई फेरि काँग्रेसको बहुमतको सरकार चाहिएको औल्याए । त्यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् काठमाडौं जिल्लाका केन्द्रीय प्रतिनिधि तथा कार्यक्रमका विशिष्ठ अतिथि मोहनबहादुर बस्नेतले कम्युनिष्टहरु विकास विरोधी भएको हुँदा काँग्रेसले मात्रै गुणस्तरिय विकास निर्माण गर्ने बताए । कम्युनिष्टहरु खाली झुटको खेती गर्ने गर्छन् । हामीले त्यसको प्रतिवाद गर्दनौं । कम्युनिष्टहरुले एमसीसी सम्झौतामा जनतालाई छल कपट गरेको हुँदा नेपाली काँग्रेसले जनताको घरदैलोमा पुगेर यसको यर्थाथता बारे जानकारी दिने र जनताका विभिन्न समस्याहरु समाधान गर्न जरुरी भएको हुँदा काँग्रेस चनाखो भएर एकताबद्ध हुन आवश्यक भएको बताए ।

त्यसैगरी कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् सांसद राजन कुमार केसीले १० नम्बर क्षेत्रमा काँग्रेस एक ढिक्का भएको र एक ढिक्का रहिरहने दाबी गरे । मुलुकमा कम्युनिष्टहरुले भ्रष्ट्राचार बढाएको, अन्याय अत्याचार गरेकोले केपी ओलीको सरकार ५ वर्ष नपुग्दै ३ वर्षमा ढलेको बताउँदै फेरी भुलेर पनि कम्युनिष्टहरुलाई मत नदिन आग्रह गरे । वाइडबडी प्रकरणमा ४ अर्व भन्दा बढीको भ्रष्ट्राचार भएको हुँदा आफुले अख्तियारमा समेत रिर्पोट पठाएको जानकारी दिए ।
त्यसैगरी केन्द्रीय सदस्य नानु बास्तोलाले काँग्रेसको आदेश अनुसार हामी सबै एकै ठाउँमा बसेर हाम्रा समस्याहरु समाधान गर्नुपर्ने बताईन् । अब देशमा काँग्रेसको आवश्यकता जनताले महशुस गरिरहेकोले आम नेपालीलाई कम्युनिष्टले गरेका तमाम गल्तीहरुबारे जानकारी दिन आवश्यक रहेको बताइन् ।

त्यसैगरी काठमाडौं काँग्रेसका सभापति सबुजकृष्ण बानियाँले काँग्रेस अनुशासित भएर जनताको माझमा जानुपर्ने बताए । जनताका हरेक सुख दुःखमा साथ दिने र भरोसा योग्य पार्टी काँग्रेसमात्रै भएको जनताले महशुस गर्ने गरी काम गर्न सबै नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे ।

कार्यक्रमा नेपाली काँग्रेसका केन्द्र, प्रदेश, जिल्ला, क्षेत्र, नगर तथा वडा तहसम्मका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । जसअनुसार गौरी प्रसाद डवाडी, क्याम्सो गुरुङ, गोकर्ण के.सी, गोविन्द पुडासैनी, पुकार महर्जन, धर्मराज गौतम, रिता दवाडी, यमुना देवी श्रेष्ठ, धर्मराज के.सी., चन्द्र प्रसाद गोपाली, योगेन्द्र कुँवर, यसोदा के.सी., इश्वर लामा, मनमैया गिरी, सुरेश परियार, श्याम कृष्ण खड्का, वरिष्ठ पत्रकार दामोदर प्रसाद दवाडी, युनारायण श्रेष्ठ, राजन पोखरेल, बसन्ती महर्जन, सुवास चन्द्र घिमिरे, नानु पण्डित, धर्मानन्द श्रेष्ठ, राजेन्द्र प्रसाद भट्टराई, विमला पोखरेल, पंच बहादुर महर्जन, सरोज थापा, चिरन्जीवी महर्जन, अच्यूत अधिकारी, विकेश शाही, ओम प्रकाश श्रेष्ठ, अच्युत रेग्मी, कृष्ण खत्री के.सी., मन्दिरा श्रेष्ठ, इन्दिरा खड्का के.सी., राम हरि रिजाल, पुर्ण बहादुर महर्जन, इन्द्रावती श्रेष्ठ, जिवन गिरी, भुवन श्रेष्ठ, मन्जय प्रकाश श्रेष्ठ, भिम कुमारी खत्री (विनु बस्नेत), जगन्नाथ कार्की, अर्जुन ब तामाङ, दिनेश महर्जन, प्रचन्डमान गोपाली, दिपक कु. महर्जन, महेश श्रेष्ठ, शम्भु के.सी., आत्माराम के.सी., गणेश ब. महर्जन, पुर्ण ब. महर्जन, सिंह ब. महर्जन (अर्विन), विकास महर्जन, सन्तोष दाहाल, किरण कार्की, घनश्याम लुईटेल, दुर्गालाल महर्जन, कृष्ण प्रसाद खड्गी, शम्भु के.सी., प्रकाश श्रेष्ठ, रामहरि बस्नेत, कविन्द्र गोपाली, शिव गोपाल रिजाल, हिरा बहादुर प्रधान, राजेन्द्र महर्जन (राज)लगायत रहेका थिए ।

उक्त नगर स्तरिय आमसभाका सभाअध्यक्ष एवम् चन्दागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले आफुले गरेको कामको पार्टी र जनताको घरघरमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे । स्थानीय निर्वाचन अगाडी यहाँको विकास निर्माण कस्तो थियो र अहिले कस्तो छ त्यो घाम जतिकै छर्लङ्ग भएको बताए । कार्यक्रममा राजेन्द्र विक्रम बानियाँले स्वागत मन्तव्य गरेका थिए भने कार्यक्रमको सञ्चालन नगर कार्यसमिति सचिव राजेन्द्र महर्जनले गरेका थिए ।

शहिद चोकमा नागार्जुन बृहत आमसभा
काठमाडौं जिल्ला नागार्जुन नगर कार्यसमितिको वडा नं १० प्रदुम्न शालिक चोकमा भएको नगरस्तरिय आमसभाका व्यक्ताहरुले पनि आगामी बैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा काँग्रेसलाई मत दिन आग्रह गरे ।

नगर स्तरिय आमसभाका प्रमुख अतिथि एवम् काँग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले कम्युनिष्टहरुले मुलुकमा सधै झुटको खेती गरेर देशलाई बर्वादी तिर धकेलेकाले मुलुकको समृद्धिका लागि काँग्रेसलाई जिताउँन आग्रह गरे ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि काँग्रेस केन्द्रीय सदस्य एवम् संविधान सभा सदस्य ध्यान गोविन्द रञ्जित, केन्द्रीय सदस्य नानु बास्तोला, पूर्व केन्द्रीय सदस्य किरण गिरी, नागार्जुन नगरपालिकाका मयेर एवम् बागमती प्रदेशका उपसभापति मोहन बहादुर बस्नेत, काठमाडौं जिल्ला सभापति सबुजकृष्ण बानियाँ, ९ नं क्षेत्रिय सभापति जयकृष्ण महर्जन, धर्मराज गौतमलगायतले उक्त सभालाई सम्बोधन गरेका थिए ।

उक्त कार्यक्रममा महाधिवेशन प्रनिनिधिहरु दामोदर गौतम, उर्मिला बस्नेत, रिता दवाडी, सरस्वती भट्ट, पुनम लामा, बासु कार्की, शिवजी भट्टराई, रामेश्वर भट्टराई, श्याम कृष्ण खड्का, ९ नं. क्षेत्र प्रदेश ‘क’ का सभापति मोहन बस्नेत, ‘ख’ का सभापति राजेन्द्र प्रसाद भट्टराई, नगर उपसभापति लेखनाथ काफ्ले, सचिव कृष्णप्रसाद दाहाललगायत वडा सभापतिहरु, भातृ तथा सुवेच्छुक संस्थाका प्रतिनिधिहरु र सर्वसाधारणहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

फाेटाे फिचर..

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७८ चैत्र १५, १९: १४

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...

विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
  • २०७८ चैत्र १५, १९: १४

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...

कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन
कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन
  • २०७८ चैत्र १५, १९: १४

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले जनसरोकारका विषयहरूलाई ‘स्टन्ट’ र ‘फन्डा’ मार्फत विषयान्तर गर्न खोजेको...