
काठमाडौं । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुुर खड्का संयोजक रहेको कांग्रेस ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन’ समितिको पहिलो बैठक पार्टी कार्यालय सानेपामा बस्दैछ ।
बैठकमा स्थानीय तह निर्वाचनमा काँग्रेसलाई एक नम्बर पार्टी बनाउन सातै प्रदेशका सभापतिहरुसंग छलफल गरिने बताइएको छ । स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नका लागि सातै प्रदेशका सभापति सहित पदाधिकारीको बैठक बस्न लागेको हो ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले निर्वाचनलाई मर्यादित बनाउँन र काँग्रेसका गतिविधिहरुलाई जनताको घरआँगनमा पु¥याई देशमा काँग्रेसको एकल बहुमत किन आवश्यक छ भनेर जनतालाई बुझाउने र देशभर निर्वाचनको तयारी गर्न उपसभापति खड्का संयोजक रहेको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति’ गठन गरेको थियो ।
बैठकले उक्त समितिलाई पूर्णता दिने बुझिएको छ ।
काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...