प्रेस तथा पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध छः मन्त्री कार्की – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

प्रेस तथा पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध छः मन्त्री कार्की

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रेस तथा पत्रकारको सुरक्षाप्रति सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घको ६७औँ स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री कार्कीले पत्रकारहरूको हकहितका लागि सरकारले विभिन्न नीतिगत र कानुनी व्यवस्था गरेर बिभिन्न काम गरेको बताएका हुन् ।

मन्त्री कार्कीले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सवालमा प्रोत्साहित गर्ने गरी सरकारले काम गरिरहेको बताउँदै लोकतन्त्रलाई बलियो र संस्थागत गर्न सञ्चार जगतले खेलेको भूमिकाको प्रसंशा समेत गरे ।

मन्त्री कार्कीले जेष्ठ पत्रकारहरुको जीवनयापनमा सहयोग पुगोस भन्ने उद्देश्यले रु पाँच करोड ३२ लाख बराबरको पत्रकार वृत्तिकोषको स्थापना गरेको बताए । आमसञ्चार माध्यममा कार्यरत ६ जना पत्रकारहरुलाई प्रत्येक वर्ष जनही रु १ लाख राष्ट्रिय पत्रकारिता पुरुस्कारसहित कदर पत्र प्रदान गर्ने व्यवस्था गरेको बताए ।

कार्यक्रममा महासङ्घका अध्यक्ष विपुल पोखरेलले आमसञ्चार नीतिको कार्यान्वयनका लागि आवश्यक ऐन कानून बनाउनु पर्र्नेमा जोड दिए ।

त्यस्तै अन्य सहभागीहरुले कोरोना प्रभावित पत्रकारहरुका लागि आवश्यक कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका थिए ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७८ चैत्र १६, १७: ४६

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...

विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
  • २०७८ चैत्र १६, १७: ४६

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...

कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन
कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन
  • २०७८ चैत्र १६, १७: ४६

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले जनसरोकारका विषयहरूलाई ‘स्टन्ट’ र ‘फन्डा’ मार्फत विषयान्तर गर्न खोजेको...