
रुपन्देही । नेपाली काँग्रेस रुपन्देही जिल्ला कार्यसमितिको बैठकले कोषाध्यक्ष पदमा जिल्ला कार्यसमिति सदस्य हरिप्रसाद अर्याल मनोनीत गरेको छ । बैशाख ३१ मा स्थानीय तह निर्वाचनमा नजिकिएसंगै जिल्ला कार्यसमिति बैठकले आर्याललाई उक्त पदमा मनोनीत गर्दै विभिन्न जिम्मेवारी तोकेको छ ।
स्थानीय तह निर्वाचनलाई मध्येनजर गर्दै बैठकले काँग्रेसलाई देशभर एक नम्बर बनाउँन र रुपन्देही जिल्लाका स्थानीय निकायहरुमा पनि काँग्रेसकै नेतृत्व स्थापित गर्न जिल्ला सदस्यहरुलाई खटाउने निर्णय गरेको छ । रुपन्देहीका १६ वटा स्थानीय र १५५ वटै वडामा जिल्ला सदस्यहरूलाई खटाउने निर्णय गरेसंगै बैठकले जिल्ला उपसभापति थानेश्वर घिमिरेको संयोजकत्वमा स्थानीय तह निर्वाचन प्रचार–प्रसार समिति गठन गरेको छ ।
त्यस्तै जिल्ला कार्यसमितिका सचिवहरु हरि काफ्लेलाई अनुशासन समिति संयोजकको जिम्मेवारी दिएको छ भने परमानन्द भट्टराईलाई घोषणापत्र लेखन समितिको संयोजकको जिम्मेवारी दिएको रुपन्देही काँग्रेसले जनाएको छ ।
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिले देशैभर सञ्चालन गरेको घरघर जाऔं, काँग्रेुस जिताऔं अभियानलाई थप प्रभावकारी बनाउँन स्थानीय नेता तथा कार्यकर्ताहरुलाई ब्यापक परिचालन गरिएको पनि जनाइएको छ ।
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको कजुवे–रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी,...