उम्मेदवार छनोटको प्रक्रियामा कांग्रेस, नाम पठाउन परिपत्र – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

उम्मेदवार छनोटको प्रक्रियामा कांग्रेस, नाम पठाउन परिपत्र

काठमाडौं । स्थानीय निर्वाचनको उम्मेदवारी मनोनयन दर्ताको मिति नजिकिएसँगै दलहरु वडा तहदेखि उम्मेदवार छनोटको प्रक्रियामा लागेका छन् ।

यसैबीच उम्मेदवार छनोटको प्रक्रियामा कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरूको ‘ग्राउन्ड रियालिटी’ बारेमा पनि अन्तिम निष्कर्ष निकाल्न लागेको छ । कांग्रेसको ७५३ वटै स्थानीय तहमा वडा सदस्यदेखि पालिका अध्यक्षसम्मको उम्मेदवार छनोटको कामलाई अघि बढाएको छ ।

कांग्रेसको वडा अध्यक्षसम्मको उम्मेदवारको पहिलो नाम सिफारिस वडा कार्यसमितिले गर्छ भने पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवारको पहिलो नाम सिफारिस गाउँ नगर कार्यसमितिले गर्छ । उम्मेदवारको अन्तिम घोषणा गर्ने निकाय रहेको संसदीय समिति पनि छिट्टै गठन गर्न केन्द्रले निर्देशन दिएको छ ।

कांग्रेसको वडा अध्यक्षसम्मको उम्मेदवारको अन्तिम टुंगो प्रतिनिधिसभा संसदीय समितिले लगाउँछ भने गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको उम्मेदवार घोषणा जिल्ला संसदीय समितिले गर्छ । नगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुख प्रदेश संसदीय समितिले टुंगो लगाउँछ ।

महानगरपालिकाको प्रमुख र उपप्रमुख केन्द्रीय संसदीय समितिले लगाउँछ । कांग्रेसको प्रत्येक पदका लागि शुरूमा एक महिलासहित बढीमा तीन जनाको नाम सिफारिस हुन्छ । मंगलबारसम्म देशभरको स्थानीय तहलाई माथिल्लो तहमा उम्मेदवारको नाम पठाउन भनिएको कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

वडा, पालिका र प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सिफारिसबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सिफारिसअनुसार प्रतिनिधिसमा संसदीय समितिले वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारको टुंगो लगाउनेछ । २५ गतेसम्म यो काम सम्पनन गर्न प्रतिनिधिसभा संसदीय समितिलाई निर्देश दिएको छ ।

प्रतिनिधिसभा क्षेत्रीय समितिले चैत्र २६ गते बैठक बसेर आफ्नो क्षेत्रका पालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारबारे रायसहित जिल्ला कार्यसमितिलाई सिफारिस गर्नेछ ।

यसैबीच सत्ता गठबन्धनमा रहेका दलहरूबीच स्थानीय आवश्यक्ताअनुसार चुनावी तालमेल गर्न सक्ने नीतिअनुरूप सबै स्थानीय तहलाई गठबन्धनमा रहेका दलहरूको ग्राउन्ड रियालिटी बुझेर प्रतिवेदन पठाउन पनि केन्द्रले निर्देश गरेको छ ।

सम्बन्धित समाचार

सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
  • २०७८ चैत्र २१, ०७: २४

काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...

श्री ८ बालेन शाह प्रश्नभन्दा माथि छैनन् : कांग्रेस
श्री ८ बालेन शाह प्रश्नभन्दा माथि छैनन् : कांग्रेस
  • २०७८ चैत्र २१, ०७: २४

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने भाष्य...

एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
  • २०७८ चैत्र २१, ०७: २४

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप...