कांग्रेसको संगठनमा पिरामिड तयार भयोः सहमहामन्त्री पाण्डे – Naya Bikalpa
July 16, 2026, Thursday      Epaper

कांग्रेसको संगठनमा पिरामिड तयार भयोः सहमहामन्त्री पाण्डे

जतिजति स्थानिय निर्वाचन नजिकिदै जान्छ त्यति त्यति राजनैतिक दलहरुले चुनाव केन्द्रीत कार्यक्रमहरु तिव्र पार्दै गएका छन् । स्थानीय निर्वाचन नजिकिदै गर्दा स्थानीय तहका उम्मेदवार बन्न पाँच जनाका लागि ५० जनाको नामहरु प्रस्तावित हुन थालेका छन् ।

नेपालका ठुला दलहरुमा काँग्रेस, एमाले, माओवादी केन्द्र र नया पार्टी एकीकृत समाजवादी नेपाल समूह यतिखेर चुनावी दौडमा कम्मर कसेर लागि परेका छन् । त्यसैगरी राजावादी रा.प्र.पा.पनि चुनावी मैदानमा ओर्लिएको देखिन्छ । नेपालको सबैभन्दा जेठो पार्टी नेपाली कांग्रेस १४औँ महाअधिवेशनपछी वर्तमान कार्यसमितिका पदाधिकारीदेखि केन्द्रीयस्तरका नेतासम्म गाउँगाउँमा पुगेर घरघर जाऔं, कांग्रेस जिताऔं अन्तर्गत १ महिने अभियानमा युद्धस्तरमा दौडिरहेका छन् । जस अनुसार नेपालको जुनसुकै राजनैतिक आन्दोलन होस् अथवा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि दोश्रो जनआन्दोलनमा कलंकी चोकको बहुचर्चित आन्दोलन सफल बनाउँन स्युचाटारवासीहरुको उल्लेखनीय भूमिका रहेको थियो ।

कलंकी स्यूचादार नेपाली कांग्रेस, नागार्जुन नगरसमिति वडा नं. ९ द्वारा आयोजित सम्मान तथा प्रशिक्षण कार्यक्रमका प्रमुख अथिति नेपाली कांग्रेसका सहमहामन्त्री वद्रीप्रसाद पाण्डेले कांग्रेसको संगठनमा पिरामिड तयार भयो त्यो पिरामिडभित्र हामी सबै एकाकार भएर लाग्नु पर्ने बताएका छन् ।

प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री पाण्डेले २०४८ पछि कांग्रेसको संगठन गाउँ गाउँसम्म विस्तार भएर टोलटोलमा समितिहरु ५० हजारको हाराहारीको पुगेको बताएका छन् । जनसमर्थन र लोकप्रियता प्राप्त गरी रहेको कांग्रेसले पिरामीड जस्तो संगठनलाई विशाल भवनमा सन्तुलित बनाउन लागि पर्नुपर्ने बताएका छन् । त्यसैले कांग्रेसले आफ्नो पुरानो धरातलमा टेकेर जनताको घरघरमा जानुपर्ने उनले बताए ।

कांग्रेसभित्रको व्यवस्थापनमा जोड दिन अत्यावश्यक भएको बताउँदै गत निर्वाचनमा ३५ लाख मत ल्याउने कांग्रेस, यो विशाल भवन भए पश्चात् ५० लाख मत प्राप्त गर्नुपर्ने बताएका छन् । पाण्डेले अ‍ेमरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको ठेक्का नेपालका कम्युनिष्ठहरुले जिम्मा लिएको हुँदा छिमेकी राष्ट्रसमेत चिडाएको बताए ।

सम्मान तथा प्रशिक्षण कार्यक्रममा काँग्रेस केन्द्रिय सदस्य रंगमति शाही, नानु बास्तोला, युवा नेता धर्मराज गौतमले वर्तमान अवस्थामा कांग्रेसको भूमिकाका बारेमा प्रकाश पारेका थिए । उक्त कार्यक्रम कांग्रेसका प्रतिबन्धित अवस्थामा पश्चिमी भेगका कमाण्डर दामोदर गौतम, युवा नेत्री रिता दवाडी, श्यामकृष्ण खड्का, सुमन श्रेष्ठ, शिवजी भट्टराई, रामेश्वर भट्टराई, सन्तोष गिरी, दुर्गा गौतम, शिक्षाविद् धनन्जय शर्मा अधिकारी, वरिष्ट पत्रकार दामोदर प्रसाद दवाडीलगायत जिल्ला, क्षेत्र, प्रदेश, नगर, वडा तहका नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

९ नं. वडा सभापति एवम् वडाध्यक्ष रामकृष्ण भट्टराईको सभापत्विमा सम्पन्न उक्त कार्यक्रममा टोल समितिको सभापतिहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा वडा सभापतिहरु र वडा अध्यक्ष लगायत नेता तथा कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सहिदचोकमा सम्मान कार्यक्रम सम्पन्न

नेपाली कांग्रेस नागार्जुन नगर समिति वडा नं. १० द्वारा सहिदचोकको परिकार पार्टी प्यालेसमा सम्मान कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य एवम् नेपाली कांग्रेस केन्द्रिय सदस्य ध्यानगोविन्द रन्जीतले मुलुकमा अप्ठ्यारो अवस्थामा सधै काँग्रेसले नेतृत्व प्रदान गर्दै आएकोले अहिले पनि मुलुकमा अष्ठारो पर्दा कम्युनिष्टहरुलाई पनि कांग्रेसनै चाहिने र नेतृत्व पनि कांग्रेसले दिनु पर्ने भनेर नेपालका कम्युनिष्टहरुले नै भनिरहेका छन् । त्यसैले पार्टी सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरिरहनु भएको छ ।

उक्त सम्मान कार्यक्रममा प्रतिबन्धित अवस्थामा पश्चिम भेगको कमाण्ड समालेका दामोदर गौतमले काँग्रेस अनुशासित हुनुपर्ने बताए । क्षेत्र नं. ९ का क्षेत्रिय सभापति जयकृष्ण महर्जन, युवा नेता धर्मराज गौतम, पुर्व केन्द्रीय सदस्य किरण गिरी, नेता श्यामकृष्ण खड्का, नेपाल शिक्षक युनियनका उप महासचिव सुन्दर पन्तलगायतले कांग्रेसका भावी रणनिती स्पष्ट हुनु पर्ने धारणा राखेका थिए ।

कार्यक्रमका वक्ताहरुले आगामी स्थानीय निर्वाचनमा जनता माँझ गएर काँग्रेसले गरेका राम्रा कामको प्रचारप्रसार गर्नुपर्ने बताए । उक्त कार्यक्रममा महाअधिवेशन प्रतिनिधि एवम् युवा नेतृ रिता दवाडी, लव ढुङ्गाना, सचिव वन्दना खड्का, मोहन बस्नेत, राजेन्द्र बुढाथोकी, रामकृष्ण भट्टराई, शिक्षाविद् धनजन्य शर्मा अधिकारी, वरिष्ठ पत्रकार दामोदर प्रसाद दवाडीलगायत जिल्ला क्षेत्र, नगर, वडा तहका विभिन्न नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।

फाेटाे फिचर…

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७८ चैत्र २१, १४: ३६

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...

विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
  • २०७८ चैत्र २१, १४: ३६

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...

कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन
कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन
  • २०७८ चैत्र २१, १४: ३६

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले जनसरोकारका विषयहरूलाई ‘स्टन्ट’ र ‘फन्डा’ मार्फत विषयान्तर गर्न खोजेको...