
काठमाडौं । नेपाली काँग्रेसले भातृ संगठन नेपाल तरुण दलको नेतृत्व चयन गरेसंगै सोमबार नवनियुक्त अध्यक्ष विद्वान गुरुङले औपचारिक रुपमा जिम्मेवारी सम्हालेका छन् । तरुण दलको केन्द्रीय कार्यालयमा निवर्तमान अध्यक्ष जितजंग बस्नेतले नवनियुक्त अध्यक्ष गुरुङलाई पद हस्तान्तरण गरेका हुन् ।
पद हस्तान्तरण कार्यक्रममा नवनियुक्त अध्यक्ष गुरुङले आगामी बैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका आधिकारिक उम्मेदवारलाई देशैभर विजयी गराउन नेपाल तरुण दलले आफ्ना गतिविधिहरु देशैभर केन्द्रीत गर्ने बताए । गुरुङले पार्टी केन्द्रको नीति तथा निर्देशनअनुसार युवाहरु परिचालन गर्ने बताए । नेपाली काँग्रेसको नेतृत्वमा भएका राम्रा कामका बारेमा प्रचार गर्ने र एमसीसीका मुद्दामा कम्युनिष्टहरुले जनतामा छरेको भ्रमलाई चिर्ने जिकिर गरे । आफ्नो नेतृत्वमा अब स्थानीय तह निर्वाचन पछि बाँकी पदाधिकारीहरुको टुङ्गो लगाउँदै पूर्णता दिने बताए ।
त्यस्तै कार्यक्रममा निवर्तमान अध्यक्ष जितजंग बस्नेतले नवनियुक्त अध्यक्ष गुरुङको कार्यकाल सफल र उदारणीय बनोस भनि शुभकामना दिए । गुरुङको नेतृत्वलाई सफल बनाउँन बनाउन आफ्नो महत्वपूर्ण भूमिका रहने बताए ।
नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शरेबहादुर देउवाले गुरुङलाई यही चैत ९ गते तरुण दलको अध्यक्षमा मनोनित गरेका थिए ।
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको कजुवे–रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी,...
काठमाडौँ | प्रतिनिधिसभामा सांसदहरूले मुगुका २५ वर्षीय गणेश नेपालीको आत्मदाह प्रयासपछि भएको निधनको घटनाबारे निष्पक्ष छानबिन गर्न सरकारसँग माग गरेका...