
काठमाडौं । नेपाली काँग्रेसको नेतृत्वमा रहेको सत्ता गठबन्धन बैठक मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । बालुवाटारमा बसेको बैठकले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरेको छ ।
सत्तारुढ गठबन्धनले यसअघि आगामी बैशाख ३ण् गते हुने स्थानीय तह निर्वाचनमा आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरिसकेको छ । चुनावी तालमेलको मोडालिटी कस्तो बनाउँने भन्ने विषयमा छलफल केन्द्रीत रहेको थियो । चुनावी तालमेलको मोडालिटीका विषयमा थप निर्णय गर्न काँग्रेस नेता पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति गठन गरिएको बैठकमा सहभागि एक नेताले नयाँ विकल्पलाई बताए ।
त्यसैगरी उक्त बैठकले पछिल्लो समय देशमा देखिएको अर्थतन्त्रको अवस्थालाई मध्ये नजर गर्दै नेपालका राजनैतिक दल, अर्थविद, योजनाविद र सरोकारवाला पक्षसँग अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेको छ । उक्त कार्यक्रमबाट प्राप्त सल्लाह र सुझावको आधारमा थप निर्णय गर्ने र कार्यान्वयनको पाटोतर्फ लाग्ने गरी निर्णय गर्ने बताइएको छ ।
आजको बैठकमा भारतको तीनदिने औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रमणबारे ब्रिफिङ गरेका थिए । बैठकमा सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुको सहभागिता रहेको बताइएको छ ।
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको कजुवे–रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी,...