देशको उन्नति प्रगतिका लागि उद्योग–व्यवसाय सञ्चालन गर्न आवश्यकः एमाले अध्यक्ष ओली – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

देशको उन्नति प्रगतिका लागि उद्योग–व्यवसाय सञ्चालन गर्न आवश्यकः एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले उद्योग व्यवसायको उन्नति र प्रगति विना मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । बुधबार काठमाडौंमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि उद्योगीव्यवसायीहरुले नेतृत्व लिनुपर्ने बताएका हुन् ।

देशको आयात घटाउनका लागि प्रतिस्पर्धा गर्ने खालको सस्तो र गुणस्तरीय सामान उत्पादन गर्नपर्ने धारणा राख्दै एमाले अध्यक्ष ओलीले उद्योगलाई आधुनिकीकरण गर्दा श्रमिकको पनि आधुनिकीकरण गर्नुपर्ने बताए । उद्योग व्यवसायले समाज परिवर्तनमा पनि महत्वपूर्ण भूमिका खेल्ने बताउँदै देशमा नै रोजगारीलगायत व्यवस्था गर्न उद्योगहरु खोल्नु पर्ने बताए ।

देशको आर्थिक समृद्धिका लागि अद्योग कलकारखानाहरु खोल्दा मुलुक गरिव अवस्थामा नै रहिरहने कुनै कारण नभएको बताउँदै स्रोत र साधनको उचित प्रयोग गर्नुपर्ने बताए ।

२०७२को भूकम्प पछि आफू प्रधानमन्त्री हुँदा देशमा विकासको नयाँ लहर आएको दाबी गर्दै आगामी निर्वाचनपछि एमालेले बिकासको कामलाई तिव्रता दिने बताए ।

त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस पार्टीसंग केही कुहिएका, आफ्नो स्वार्थका लागि जेपनि गर्ने पार्टीहरु रहेकोले काँग्रेसले समयमै चिन्नुपर्ने बताए । ती पार्टीहरुको स्वास्र्थले नै गठबन्धन लामो समयसम्म टिक्न नसक्ने दाबीसमेत गरे ।

सम्बन्धित समाचार

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७८ चैत्र २३, १७: २८

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७८ चैत्र २३, १७: २८

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...

झापाको कजुवे–रातेखालमा तत्काल पुल बनाउन सांसद इन्दिरा राना मगरको माग
झापाको कजुवे–रातेखालमा तत्काल पुल बनाउन सांसद इन्दिरा राना मगरको माग
  • २०७८ चैत्र २३, १७: २८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको कजुवे–रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी,...