
काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा रहेको सत्तारुढ दलहरुको निर्वाचन तयारी तथा अनुगमन समितिले चुनावी तालमेलबारे निर्णय दिन जिल्ला संयन्त्रलाई निर्देशन दिएको छ ।
बुधबार नेता पौडेलको अध्यक्षमा निर्वाचन तयारी तथा अनुगमन समितिको बसेको पहिलो बैठकले २६ चैत्रसम्म सबै जिल्लाहरुले रिर्पोट पठाइसक्न निर्देशन दिएको हो ।
देशभर चुनावी तालमेल कसरी गर्ने भन्नेबारे तालमेलको मोडालिटीका बारेमा थप निर्णय गर्न २६ चैत्रमा उक्त समितिको बैठक बस्ने बताइएको छ । बैठकमा सबै जिल्ला तहमा गठबन्धनका दलहरुबीच चुनावी तालमेल गरेर २२ गतेसम्म वस्तुस्थिति मुल्यांकन गर्न भनेअनुसार काम भए नभएको समीक्षा भएको एक नेताले बताए ।
छलफलका क्रममा विभिन्न जिल्लाहरुमा गठबन्धनका विषयमा छलफल भएको, कति पय ठाउँहरुमा भागवण्डा भइसकेको र केही जिल्लाहरुमा छलफल नै नभएकोबारे जानकारी गराईएको ती नेताले बताए ।
पौडेलको नेतृत्वमा रहेको उक्त निर्वाचन तयारी तथा अनुगमन समितिले विभिन्न जिल्लाको वस्तुस्थिति बुझेर के–कसरी तालमेल गर्न सकिन्छ भनेर साझा निर्णय गर्दै तल्लो तहमा सर्कुलर गर्ने बताइएको छ ।
काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको...
काठमाडौँ । संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...
काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...