पाल्पामा सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेल – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

पाल्पामा सत्ता गठबन्धनका दलहरूबीच चुनावी तालमेल

पाल्पा । सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने निर्णय गर्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समितिको गठन गरेको छ ।

निर्वाचन तयारी तथा अनुगमन समितिको निर्देशन बमोजिम चैत्र २६ गतेसम्म आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा तालमेलबारे जानकारी दिन पाल्पामा पाँच दलबीच चुनावी गठबन्धन गरिएको जनाइएको छ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीबीच चुनावी तालमेल गरिएको नेपाली काँग्रेस पाल्पाले जानकारी दिएको हो । चुनावी तालमेल संयन्त्र पाल्पाको संयोजक जिल्ला सभापति हिमालदत्त श्रेष्ठ रहेका छन् भने अन्य गठबन्धनका दलहरुका प्रतिनिधिहरु सदस्य रहेका छन् ।

जिल्लामा गठबन्धनका दलहरुबीच आवश्यक छलफल, परामर्श गरी स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाउने पाल्पा जिल्ला संयन्त्रले जनाएको छ । संयन्त्रले स्थानीय तह र वडाबाट सङ्कलन भएका प्रतिवेदनका आधारमा स्थानीय तहमा उठ्ने उम्मेदवारको टुङ्गो लगाउने बताएको छ ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७८ चैत्र २४, १२: १९

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...

विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
  • २०७८ चैत्र २४, १२: १९

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...

कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन
कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन
  • २०७८ चैत्र २४, १२: १९

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले जनसरोकारका विषयहरूलाई ‘स्टन्ट’ र ‘फन्डा’ मार्फत विषयान्तर गर्न खोजेको...