नवनियुक्त कानुन मन्त्री बन्दीले राष्ट्रपतिबाट लिए पद तथा गाेपनीयताकाे शपथ – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

नवनियुक्त कानुन मन्त्री बन्दीले राष्ट्रपतिबाट लिए पद तथा गाेपनीयताकाे शपथ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार नियुक्त गरेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा कोइराला) शपथ ग्रहण गरेका छन् ।

गैरसांसद बन्दीलाई आजै प्रधानमन्त्री देउवाले मन्त्री बनाएपछि अपरान्ह ३ बजे नवनियुक्त मन्त्री बन्दीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् ।

उक्त शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवालगायत उपस्थित रहेका थिए । अधिवक्तासमेत रहेका बन्दीले संसदबाट अनुमोदन भएको अमेरिकी आर्थिक सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसी सम्झौताको ब्याख्यात्मक घोषणाको मस्यौदा तयार गर्न महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।

प्रधानमन्त्री देउवाले यसअघि कानुन मन्त्रालयको जिम्मेवारी सम्हालि रहेका दिलेन्द्र प्रसाद बडूको मन्त्रालय परिवर्तन गर्दै उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।

स्थानीय तह निर्वाचनको आचारसंहिता लागु हुनु पूर्व प्रधानमन्त्री देउवाले मन्त्रिमण्डलमा फेरबदल गरेका हुन् भने आजै अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद्को बैठकले ब्यापक नियुक्ति दिने बुझिएको छ ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७८ चैत्र २४, १५: ४१

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...

विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
  • २०७८ चैत्र २४, १५: ४१

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...

कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन
कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन
  • २०७८ चैत्र २४, १५: ४१

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले जनसरोकारका विषयहरूलाई ‘स्टन्ट’ र ‘फन्डा’ मार्फत विषयान्तर गर्न खोजेको...