बारकाे अध्यक्षमा घिमिरे निर्वाचित – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

बारकाे अध्यक्षमा घिमिरे निर्वाचित

काठमाडौं । नेपाल एसोसिएसनको २६औं केन्द्रीय कार्यसमितिको अध्यक्षमा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् ।

मंगलबारबाट सुरु भएको मत गणनामा निर्वाचित घिमिरे देशभरबाट कूल ४४ सय ३३ मत ल्याए । त्यस्तै घिमिरेका निकटतम प्रतिद्वन्द्वी प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका विष्णुमणि अधिकारीले कूल २४ सय ८२ मत ल्याए ।

त्यसैगरी कार्यसमितिको महासचिव पदमा अन्जिता खनाल ३६ सय ८२ मत ल्याएर विजयी भएकी छिन् । निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले भने २९ सय ८९ मत ल्याए ।

कार्यसमितिको सबै पदहरुमा गठबन्धनका तर्फबाट चुनाव लडेका घिमिरे प्यानल नै विजयी भएको छ भने प्रगतिशील प्यानल नै पराजित भएको छ । प्रगतिशील प्यानल नेकपा एमाले निकट रहेको बताइन्छ । तसैगरी निर्वाचनमा नेपाल मजदुर किसान पार्टी अन्तर्गत कानून अध्ययन समाजले अधिवक्ता अनिता जधारीको नेतृत्वमा सहभागिता जनाएको नेपाल बार एसोसिएसन, २०७८ का प्रमुख निर्वाचन अधिृकत वरिष्ठ अधिवक्ता उषामल्ल पाठकले जानकारी दिए ।

नेपाल बारको केन्द्रीय कार्यसमिति चयका लागि यही चैत १९ गते काठमाडौँ केन्द्रसहित देशभर ३५ स्थानबाट शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको थियो ।

बारको अध्यक्षसहित ११ पदाधिकारी र सदस्य गरी २५ जनाको कार्यसमितिका लागि भएको निर्वाचनमा नौ हजार ७०८ मतदाता रहेकोमा सात हजार ४२९ मत खसेको थियो

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७८ चैत्र २५, १५: ५२

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...

विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
  • २०७८ चैत्र २५, १५: ५२

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...

कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन
कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन
  • २०७८ चैत्र २५, १५: ५२

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले जनसरोकारका विषयहरूलाई ‘स्टन्ट’ र ‘फन्डा’ मार्फत विषयान्तर गर्न खोजेको...