
कैलाली । २०७४ सालको स्थानीय तह निर्वाचनको मतपरिणाम, संगठन संरचनाको प्रभाव र घोषणा पत्रलाई आधार मानेर कैलालीमा बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गर्ने पाँच दलीय सत्ता गठबन्धनका दलहरुले बताएका छन् ।
आइतबार निर्वाचन तयारी तथा अनुगमन समितिको जिल्ला संयन्त्रको बैठकबसी उक्त निर्णय गरेको नेपाली काँग्रेस कैलाली जिल्ला सचिव केशव मिश्रले बताएका हुन् । जिल्ला सचिव मिश्रले स्थानीय तह निर्वाचनमा कैलाली जिल्ला भित्र सबै वडातहदेखि सत्ता गठबन्धनका दलहरुले चुनावी तालमेल गर्ने निर्णय गरेको बताए ।
जिल्लामा रहेका १३ वटै स्थानीय तहमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमार्चाले गठबन्धन गर्ने सहमति गरेको हो । बैठकमा नेकपा एकीकृत समाजवादी (एस) पार्टीले पाँच वटा स्थानीय तहमा आफ्नो दाबी गरेको समेत काँग्रेस जिल्ला सचिवले बताए । उनका अनुसार एसले गोदावरी, गौरीगंगा, घोडाघोडी, लम्कीचुहा नगरपालिका र चुरे गाउँपालिकामा दाबी गरेको हो ।
यता, नेकपा माओवादी केन्द्रले २०७४ सालको निर्वाचनमा दुई वटा स्थानीय तहमा विजय हासिल गरेको थियो । उक्त दुई स्थानीय तह आफुले पाउनु पर्ने अडानमा माओवादी रहेको बताए । माओवादीले भजनी नगरपालिका र कैलारी गाउँपालिकामा जितेको थियो र अन्य स्थानीय तहमा पनि आफ्नो दावी रहने बताए ।
गठबन्धनको नेतृत्व गरिरहेको नेपाली काँग्रेसले जिल्लाका १३ वटै स्थानीय तहमा आफनो दाबी रहने बताएको छ भने चैत्र ३० गते बस्ने बैठकमा काँग्रेसले केही स्थानीय तह अन्य दललाई दिने वा नदिने भनी निर्णय गर्ने जिल्ला सचिव मिश्रले बताए ।
यता जनता समाजवादी पार्टी र राष्ट्रिय जनमार्चाले स्थानीय तहका वडाहरुमा गठबन्धनको रुपमा आप्mना उम्मेदवारहरु बनाउनु पर्ने माग राखेका छन् ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले जनसरोकारका विषयहरूलाई ‘स्टन्ट’ र ‘फन्डा’ मार्फत विषयान्तर गर्न खोजेको...