गरिबीको दलदलमा धकलियो ६ करोड ५० लाख मानिसलाई – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

गरिबीको दलदलमा धकलियो ६ करोड ५० लाख मानिसलाई

खाद्यान्नको मूल्यमा भएको वृद्धिले विश्वका करिब ६ करोड ५० लाख मानिसलाई गरिबीको दलदलमा धकेल्ने अनुमान गरिएको छ। यो वर्ष अर्थात २०२२ को अन्त्यसम्ममा विश्वभरका करिब ८ करोड ६० लाख मानिस दैनिक २३० रुपैयाँ ९‍१।९ अमेरिकी डलर० भन्दा कममा बाँच्न बाध्य हुनेछन्। अर्थात् ती मानिसहरू घोर गरिबीको सिकार हुनेछन्।

अक्सफामले सार्वजनिक गरेको ‘पहिलो संकट, त्यसपछि प्रकोप’ ९“फर्स्ट क्राइसिस, देन कैटास्ट्रोफे”०प्रतिवेदनमा यो जानकारी दिइएको हो । अर्कोतर्फ, यदि हामीले दैनिक ६६६ रुपैयाँ ९५।५ डलर० को आम्दानीको हिसाबले हेर्यौ भने २०२२ को अन्त्यसम्ममा विश्वभर करिब ३३ करोड मानिस गरिबीको मार झेल्न बाध्य हुनेछन्।

उक्त प्रतिवेदनका अनुसार, महामारीका कारण आएको संकट, बढ्दो असमानता, बढ्दो खाद्यान्नको मूल्य र युक्रेनमा जारी युद्धका कारण विश्वभर गरिबी बढ्दो ‍छ। यसैका कारण वर्षको अन्त्यसम्ममा करिब २६ करोड ३० लाख मानिस चरम गरिबीको सामना गर्न बाध्य हुने अनुमान गरिएको छ । यो संख्या बेलायत, फ्रान्स, जर्मनी र स्पेनको कुल जनसंख्या बराबर हो।

यति मात्र होइन, विश्वभर खाद्यान्नको मूल्यमा भएको बृद्धिले मात्रै ६ करोड ५० लाख मानिसलाई गरिबीको दलदलमा धकेल्ने अक्सफामको अनुमान छ । योसँगै विश्व बैंकले कोभिड–१९ महामारीका कारण सन् २०२२ मा करिब १९ करोड ८० लाख मानिस चरम गरिबीको सामना गर्नुपर्ने अनुमान गरेको छ ।

८२ करोड ७० लाख मानिस कुपोषणको सिकार ‍

यस्तो अवस्थामा यो बढ्दो गरिबीका कारण जनता पेट भर्न समेत संघर्ष गर्न बाध्य हुनेछन् । यो क्रम जारी रह्यो भने सन् २०२२ को अन्त्यसम्ममा कुपोषणबाट पीडितको संख्या ८२ करोड ७० लाख पुग्ने अनुमान गरिएको छ । अनुमान गरिएको छ कि पूर्वी अफ्रिकामा मात्र द्द करोड ड० लाख मानिसहरूले पर्याप्त खाना पाउने छैनन्।

कोरोना महामारीबाट उत्पन्न संकटका कारण २०२० मा मात्रै महिलाको आम्दानीमा ६०।९ लाख करोड रुपैयाँ नोक्सान भएको जनाइएको छ । जुन ९८ देशको कुल ग्राहस्थ उत्पादनभन्दा बढी हो । विश्व बैंकका अनुसार महामारी र बढ्दो असमानताले यस क्षेत्रमा विगत दुई दशकमा भएको प्रगतिलाई उल्ट्याएको छ। जसका कारण सन् २०२२ मा मात्रै १९।८ करोड मानिस चरम गरिबीको सिकार हुनेछन् ।

आज, विश्वको ठूलो जनसंख्या बढ्दो मूल्यका कारण जीवनयापनको लागि संघर्ष गरिरहेको छ। उनीहरुलाई आफ्नो आम्दानी खानामा खर्च गर्ने वा औषधी उपचारको पैसा तिर्न भन्ने निर्णय गर्न गाह्रो भइरहेको छ। यस्तो अवस्थामा आगामी दिनमा ठूलो संख्यामा जनता भोकमरी र कुपोषणको सिकार हुने आशंका छ । उल्लेखनीय कुरा के छ भने पूर्वी अफ्रिका, यमन र सिरिया जस्ता देशहरूमा मानिसहरू भोकमरी र गरिबीले नराम्ररी ग्रसित छन्।

रिपोर्टका अनुसार एकातिर कमजोर देशहरू बढ्दो ऋणको जालमा नराम्ररी फसेका छन् । ती देशहरूमा ज्याला र क्रयशक्ति घटेको छ, जबकि कर्पोरेट नाफा बढेको छ र अर्बपतिको सम्पत्तिले नयाँ कीर्तिमान कायम गरिरहेको छ।

विश्व बैंकले सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय ऋण तथ्याङ्क २०२२’ प्रतिवेदनअनुसार सन् २०२० मा १२ प्रतिशतको वृद्धिका साथ गरिबीको चपेटामा परेका देशहरूमा ऋणको बोझ १०४ लाख करोड रुपैयाँ पुगेको छ । अर्कोतर्फ, यदि न्यून र मध्यम आय भएका देशहरूमा कुल बाह्य ऋणको कुरा गर्ने हो भने, यो २०२० मा ५।३ प्रतिशतले बढेर १०४७।९ लाख करोड रुपैयाँ पुगेको छ।

नेपालकै कुल बाह्य ऋणको कुरा गर्ने हो भने त्यो ८९३९ हजार अमेरिकी डलर अर्थात ज्ञण् अर्ब डट करोडभन्दा बढी भइसकेको छ। अक्सफामले जारी गरेको प्रतिवेदनमा भारतका उद्योगपति गौतम अडानीको नाम पनि उल्लेख गरिएको छ । उनको सम्पत्ति महामारीको समयमा आठ गुणा बढेको छ। उनीहरूले जीवाश्म इन्धनबाट धेरै लाभ उठाएका छन्। अर्कोतर्फ, विश्वकै धनी व्यक्ति एलोन मस्कको कुरा गर्ने हो भने उनले सरकारी अनुदानबाट अर्बौं डलरको फाइदा उठाएका छन् । उल्लेखनीय कुरा के छ भने, उनले २०२१ मा अर्बपतिहरूमा प्रस्तावित करको आलोचना गरे, अनि उनले आफ्नो सम्पत्तिको उपयोगबाट मंगल ग्रहमा मानव बसोबास गर्ने योजना बनाएको तर्क दिए। यस्तो अवस्थामा असमानताको यो खाडल कति गहिरो छ, तपाईं आफैं कल्पना गर्न सक्नुहुन्छ ।

यस सम्बन्धमा अक्सफाम अक्सफाम इन्टरनेशनलका कार्यकारी निर्देशक ग्याब्रिएला बुचर भन्छिन् (यदि यस सम्बन्धमा तत्काल ठोस कदम चालिएन भने हामी मानवता गरिबीको खाडलमा डुबेको देख्न बाध्य हुनेछौं। यस बढ्दो संकटलाई सम्बोधन गर्न चासो नदेखाउने केही प्रभावशाली व्यक्तिहरूको प्रभुत्वमा विश्वमा ट्रिलियन डलरको सम्पत्ति रहेको तथ्यले यो डरलाग्दो सम्भावनालाई अझ खराब बनाइएको छ।

श्रोतःआइएनएस (स्वतन्त्र समाचार)

सम्बन्धित समाचार

बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
  • २०७९ बैशाख १, १४: १९

काठमाडौं : बझाङको केदारस्यूँ गाउँपालिका–७ स्थित सुङगरे क्षेत्रमा भएको जीप दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा...

बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
बुद्धनगरमा आत्मदाहको प्रयास गरेका राउतको निधन
  • २०७९ बैशाख १, १४: १९

काठमाडौँ : काठमाडौँको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका ४५ वर्षीय अश्विन राउतको निधन भएको छ। राउतको वीर अस्पतालमा उपचारका क्रममा निधन...

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७९ बैशाख १, १४: १९

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...