मतदाता र कार्यकर्ताकाे भावना अनुसार नै चुनावी तालमेल हुन्छः नेता सिंह – Naya Bikalpa
July 11, 2026, Saturday      Epaper

मतदाता र कार्यकर्ताकाे भावना अनुसार नै चुनावी तालमेल हुन्छः नेता सिंह

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले कार्यकर्ताको मर्म अनुसारनै चुनावी तालमेल हुने बताएका छन् । सामाखुसी यातायात प्रालिले आयोजना गरेको ‘नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान, क्यालेन्डर विमोचन एवम् प्रजातान्त्रिक यातायात व्यवसायीलाई सम्मान’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिगामी शक्तिहरुले नेपालको संविधानमा पटक पटक हमाला भएको र सो को रक्षाका लागि पाँच दलीय गठबन्धनको आवश्यकता रहेको बताएका हुन् ।

गठबन्धन मुलुकको वर्तमान आवश्यकता भएको र देशको विकासका लागि नेपाली काँग्रेसलेनै नेतृत्व लिनुपर्ने उनले बताए । नेपाली काँग्रेसले देश र जनताको पक्षमा स्थापनाकाल देखि नै काम गर्दै आएको बताउँदै नेता सिंहले गठबन्धनका उम्मेदवारसहित देशभर काँग्रेसको सरकार बनाउँन निर्वाचन केन्द्रित गतिविधिमा लाग्न अनुरोध गरे ।
त्यस्तै पूर्वउपप्रधानमन्त्री सिंहले मुलुकको अर्थतन्त्रमा यातायात व्यवसायी तथा नीजि क्षेत्रको महत्वपूर्ण भूमिका रहेकोले यातायात व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्ने औंल्याए ।

प्रजातान्त्रिक यातायात व्यवसायी पार्टीको शुभेच्छुक संस्थाको रुपमा राखेको माग सम्बोधन गर्न आफू गम्भीर भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै सम्पूर्ण पार्टी कार्यकर्ताहरु निर्वाचनमा लाग्न अनुरोध गरे ।

त्यसैगरी कांग्रेस काठमाडौंका सभापति कृष्ण सबुज बानियाँले स्थानीय तहको निर्वाचनमा जनता र कार्यकर्ताको मर्म र भावनालाई केन्द्रमा राखेर चुनावी तालमेल गरिने बताए । नेपाली काँग्रेसका कार्यकर्ताहरु अब विकास केन्द्रित अभियानमा लागेर जनताका काममा सहयोग गर्नुपर्ने बताए ।

त्यसैगरी कांग्रेसका महाधिवेशन प्रतिनिधि सुशील भट्टले कांग्रेसले स्थानीय तहको निर्वाचनमा नेताभन्दा नीतिमुखी व्यक्तिलाई उम्मेदवारका रुपमा अगाडि बढाउँदा परिणाम राम्रो आउने बताए ।

कार्यक्रममा सामाखुसी यातायात प्रालिका अध्यक्ष सानुकाजी प्रजापति, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँर, निवर्तमान अध्यक्ष योगेन्द्रमान कर्माचार्य, उपाध्यक्ष रवि रिमाललगायतले मुलुकको अर्थतन्त्रको मुख्य आधारका रुपमा रहेको नेपालको यातायात क्षेत्रलाई राज्यले सम्मान गर्न नसकेको गुनासो गरे ।

सम्बन्धित समाचार

होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
होल्डिङ्ग सेन्टरका सुकुम्बासीलाई प्राकृतिक विपत्ति देखाएर सरकारले गम्भीर खेलवाड गरिरहेको छ – प्रमुख सचेतक थापा ।
  • २०७९ बैशाख ५, १५: ४०

काठमाडौँ ।  संसदको प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक वासना थापाले सामाजिक सँजाल मार्फत सरकारलाई खवरदारी गरेकि छिन ।उनले सुकुम्बासीहरुलाई सुरक्षित...

शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
शीर्ष नेताको घर घर गइसकें, तर उहाँहरुले मेरो घर देख्नुभएको छैन : सभापति थापा
  • २०७९ बैशाख ५, १५: ४०

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक र नयाँ क्रियाशील सदस्यता वितरणको समयसीमा नजिकिँदै गर्दा नेपाली कांग्रेसले आन्तरिक छलफल गर्दै...

झापाको कजुवे–रातेखालमा तत्काल पुल बनाउन सांसद इन्दिरा राना मगरको माग
झापाको कजुवे–रातेखालमा तत्काल पुल बनाउन सांसद इन्दिरा राना मगरको माग
  • २०७९ बैशाख ५, १५: ४०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले झापाको कजुवे–रातेखाल क्षेत्रमा पुल निर्माणमा भएको ढिलाइका कारण स्थानीयवासी,...