
काठमाडौं । महानगर र उपमहानगरपालिकामा भागबन्डा गरेका पाँच दलिय गठबन्धनका दलहरुले सहजै कार्यान्वय गर्लान भन्नेमा कार्यकर्ता ससंकित बनेका छन् ।
कांग्रेस भित्र अन्तरकलह र गठबन्धनका अन्य सहयात्री दलभित्रको आन्तरिक असन्तुष्टिले पनि चुनौती थपेको सतहमा देखिन्छ । सिट बाँडफाँडपछि जिल्लाहरूमा तरंग पैदा भएको देखिन्छ भने कतै कतै विरोधका स्वरहरु पनि उठ्न थालेका छन् ।
देशैभर सिट बाँडफाँड गर्दा जनमोर्चाले भने महानगर र उपमहानगरमा मेयर–उपमेयरको भाग पाएन तर पनि उ सन्तुष्ट नै छ । उता एमाले र राप्रपाले तालमेल गर्ने भनेको पनि टुङ्गो लाग्न सकेको छैन ।
गठबन्धनले मेयर–उपमेयरमा बाँडफाँड टुंग्याए पनि अनुकूलको नतिजा निकाल्न भने चुनौती देखिएको छ । गठबन्धनले एमालेलाई पाखा लगाउने दाउमा रहेको देखिन्छ भने एमाले एक्लैले बहुमत ल्याउने दावी गरिरहेको छ ।
अहिले कांग्रेस खाटी कम्युनिष्ट बनेको देखिन्छ भने अन्य कम्युनिष्ट भन्नेहरु खाठी काँग्रेस भएको देखिन्छ भनेर कार्यकर्ताले अभिव्यक्ति दिन थालेका छन् ।
बुधबार बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताको बैठकले ६ महानगर र ११ उपमहानगरमा मेयर र उपमेयर पदको बाँडफाँड गरेका बेला यो कुराको पनि चर्चा चलेको बैठकमा सहभागि एक नेताले बताए ।
काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने भाष्य...
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप...