
काठमाडौं । नेपाली काँग्रेसका तर्फबाट दोलखाको वैतेश्वर गाउँपालिका अध्यक्षमा फेरी छवि लामाको उमेदवारी सर्वसम्मत भएको छ ।
तामाङ, क्षेत्री, बाम्ह्रण, जिरेल, थामि लगायत जातजातिको बाहुल्यता रहेको यस गाउँपालिकामा छविले राम्रो काम गरेकाले पुन अध्यक्षमा दाहो¥याउने निर्णय गरेको काँग्रेस कार्याकर्ताले बताएका छन् ।
सबैको साथ, वैतेश्वरको विकास भन्ने नारालाई चरितार्थ गर्न सक्षम भएकाले स्थानीयको आवाज उठेपछि पार्टीले उनलाई नै अघि सारेको वैतेश्वर काँग्रेस कार्यकर्ताले बताए ।
काँग्रेस, माओवादी केन्द्र, एमालेलगायत पार्टीले आफ्नो पक्षमा चुनावी माहोल बनाउन अभियान थालेका बेला आफुले बिजय हासिल गर्ने लामाले दावी गरे ।
१७ हजार ४ सय ६५ मतदाता भएको यो गाउँपालिकामा यसअघिको निर्वाचनमा पनि छवि लामा नै विजयी भएका थिए । अहिले एमाले विभाजित भएको तथा पार्टीको उपस्थिति थप प्रभावकारी भएकाले आफू नै विजयी हुने दाबी काँग्रेसले गरेको छ ।
बैतेश्वरका ८ वटा वडामध्ये कांग्रेसले ४ वटामा, एमालेले ३ वटा र माओवादी केन्द्रले १ वडामा जितेका थिए । अघिल्लो निर्वाचनमा लामाले ७ हजार १ सय २९ मत प्राप्त गरेका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका ऋषिकेश उप्रेतीले ५ हजार ८ मत प्राप्त गरेका थिए ।
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने भाष्य...
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप...
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले राज्यले नागरिकको आवाज दबाउँदै अधिनायकवादी शैलीमा शासन सञ्चालन गर्न खोजेको आरोप लगाएका...