उम्मेदवार टुंगो लगाउन कांग्रेस बैठक बस्दै – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

उम्मेदवार टुंगो लगाउन कांग्रेस बैठक बस्दै

काठमाडौं । स्थानीय तह निर्वाचनको लागि उम्मेदवार टुंगो लगाउन कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज फेरि बस्दै छ ।

बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

शनिबार राति अबेरसम्म बसेको बैठकमा उम्मेदवार टुंगो लाग्न नसकेपछि आज टुंग्याउने कसरतमा कांग्रेस नेताहरु जुटेका छन् ।

कांग्रेस महामन्त्री गगन थापाले आज उम्मेदवारहरुको टुंगो लाग्ने बताए ।

घोषणापत्र सार्वजनिक गर्दै
नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र आज सार्वजनिक गर्दै छ । पार्टी कार्यालय सानेपामा घोषणा पत्र सार्वजनिक गर्ने तयारी भए पनि समय भने निश्चित भइसकेको छैन ।

पार्टीको घोषणापत्र बनाउन कांग्रेसले महामन्त्री गगन थापा संयोजक रहेको घोषणापत्र तयारी समिति बनाएको थियो । समितिका एक सदस्यले घोषणापत्र तयारीको सबै काम सकिएको भन्दै आज त्यसलाई सार्वजनिक गर्ने बताए ।

सम्बन्धित समाचार

बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
  • २०७९ बैशाख ११, ०८: ११

काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको...

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
  • २०७९ बैशाख ११, ०८: ११

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस संसदीय दलको बैठकको निर्णयअनुसार कर्णाली...

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७९ बैशाख ११, ०८: ११

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...