मनोनयन दर्ताको आज अन्तिम दिन – Naya Bikalpa
July 17, 2026, Friday      Epaper

मनोनयन दर्ताको आज अन्तिम दिन

काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि आज उम्मेदवारहरुले मनोनयन दर्ता गर्दै छन् । आइतबार मनोनयन दर्ता सुरु भए पनि आज अन्तिम दिन भएकाले धेरै जसोले आज उम्मेदवारी दर्ता गर्न लागेका हुन् ।

धेरैजसो ठाउँमा आज मनोनयन दर्ता गराउँन लागिएको दलहरुले बताएका छन् । ७५३ स्थानीय तहमा ३५ हजार २ सय २१ पदका लागि मनोनयन दर्ता हुदैछ ।

आइतबार १० हजार ५ सय २३ जनाको मात्र उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । बिहान १० देखि साँझ ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको आयोगको भनाइ छ ।

मनोनयन दर्ता भएपछि उम्मेदवारको सूची आजै साँझ प्रकाशन गरिने जनाएको छ । मनोनयन सकिएपछि सोमबार नै उम्मेदवारहरूको सूची प्रकाशन गरिने निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले कैलाश खबरलाई जानकारी दिए ।

सूची प्रकाशनपछि भने १३ वैशाखमा उम्मेदवारविरुद्ध दाबी–विरोध गर्ने निर्वाचन आयोगको कार्यतालिका छ । १४ र १५ वैशाखमा मनोनयन पत्र जाँच गर्ने र परेका उजुरीको जाँच बुझ गरी निर्णय गर्ने, १५ गते नै उम्मेदवारहरूको

नामावली प्रकाशन गर्ने, १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने पौडेलले बताए । १७ वैशाखमा उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जानकारी दिएछ ।

सम्बन्धित समाचार

बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
बागमतीमा एमाले मन्त्रीहरूको सामूहिक राजीनामा रोकियो
  • २०७९ बैशाख १२, ०९: ०६

काठमाडौं । नेकपा (एमाले) बाट बागमती प्रदेश सरकारमा सहभागी ६ जना मन्त्रीले गर्ने भनिएको सामूहिक राजीनामा अन्तिम समयमा स्थगित भएको...

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
  • २०७९ बैशाख १२, ०९: ०६

काठमाडौं : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस संसदीय दलको बैठकको निर्णयअनुसार कर्णाली...

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७९ बैशाख १२, ०९: ०६

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...