काँग्रेसले टुंग्यायाे काठमाडाैंका ८ नगरपालिकामा प्रमुख तथा उपप्रमुखका उम्मेदवार – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

काँग्रेसले टुंग्यायाे काठमाडाैंका ८ नगरपालिकामा प्रमुख तथा उपप्रमुखका उम्मेदवार

काठमाडौं । नेपाली काँग्रेस बागमती प्रदेश कमिटिले काठमाडौ जिल्लाका आठवटा नगरपालिकाको प्रमुख र उप–प्रमुखको उम्मेदवारको टुंगो लगाएको छ ।

प्रदेश कमिटिले काठमाडौंको गोकर्णेश्वरमा प्रमुख दीपक रिसाल, उपप्रमुखमा शान्ति नेपाल, चन्द्रागिरीमा प्रमुख घनश्याम गिरी, उपप्रमुखमा यमुनादेवी श्रेष्ठ, तारकेश्वरमा कृष्णहरि महर्जन र श्रृजना वुर्लाकोटी, दक्षिणकाली नगरपालिकामा मोहन बस्नेत र वसन्ती तामाङ, कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा उपेन्द्र कार्कीलाई उम्मेदवारको टिकट दिएको हो ।

कमिटिले नागार्जुन नगरपालिकाको मेयरमा मोहनबहादुर बस्नेत र उपमेयरमा कल्याणी खड्कालाई दिएको छ भने बूढानीलकण्ठको मेयरमा विनोद चालिसेलार्ई दिएको जनाएको छ ।

त्यसैगरी काठमाडौंकै शंकरापुर नगरपालिकाको प्रमुखमा ओम कार्की र उपप्रमुखमा समिता श्रेष्ठलाई उम्मेदवार उठाउने निर्णय गरेको छ । यता बूढानीकण्ठ नगरपालिकाको उपप्रमुख भने सिफारिस गर्न बाँकी राखेको छ । उम्मेदवारी मनोनयको आज दोस्रो अथवा अन्तिम दिन भएकाले पनि सबै तिर उम्मेदवारको टुंगो लाग्नेछ ।

सम्बन्धित समाचार

बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
बेलटारमा अत्यधिक विद्युत कटौती भएको भन्दै कांग्रेसद्वारा विद्युत प्राधिकरणलाई ज्ञापन पत्र
  • २०७९ बैशाख १२, १३: १४

बेलटार, उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा पछिल्लो समय अनपेक्षित रूपमा विद्युत कटौती बढेको भन्दै नेपाली कांग्रेस नगर कार्यसमितिले नेपाल...

टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
टोपबहादुर रायमाझी र टेकनारायण पाण्डेलाई ४ वर्ष, बालकृष्ण खाँणलाई २ वर्ष जेल सजाय
  • २०७९ बैशाख १२, १३: १४

काठमाडौं : बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले दोषी ठहर भएका विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई सजाय निर्धारण गरेको...

सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
सुकुम्वासी समस्या समाधानका लागि साझा दृष्टि बनाउन प्रस्ताव ल्याउन कांग्रेसको आग्रह
  • २०७९ बैशाख १२, १३: १४

काठमाडौं : नेपाली कांग्रेसले सुकुम्वासी समस्या समाधानका लागि साझा राष्ट्रिय दृष्टि निर्माण गर्न संसदमा सार्वजनिक महत्वको प्रस्ताव अघि बढाउन संसदीय...