बागलुङका सबै स्थानीय तहहरुमा पाँचदलीय गठबन्धन मिलेर जान सहमत – Naya Bikalpa
July 15, 2026, Wednesday      Epaper

बागलुङका सबै स्थानीय तहहरुमा पाँचदलीय गठबन्धन मिलेर जान सहमत

गलकोट । देशभरका केही पालिकाहरुमा गठबन्धनमा भाडभैलो भइरहेको अवस्थामा बागलुङ जिल्लामा भने सबै स्थानीय तहहरुमा पाँचदलीय गठबन्धन मिलेर जान सहमत भएका छन् । गठबन्धनका दलहरुले लामो छलफल र कसरतपछि जिल्ला समन्वय समितिदेखि वडा तहसम्मको भागवण्डा टुंग्याएका हुन् ।

गठबन्धनका दलहरुले विगत चार दिनदेखि गरेको बृहत छलफलबाट जिल्ला समन्वय प्रमुख राष्ट्रिय जनमोर्चा र उपप्रमुख नेकपा (एकीकृत समाजवादी)लाई दिने र बागलुङका चार नगरपालिकामध्ये बागलुङ नगरपालिका र गलकोट नगरपालिकामा प्रमुख नेपाली कांग्रेस, जैमिनी नगरपालिकामा प्रमुख राजमो र ढोरपाटन नगरपालिकाको प्रमुख माओवादी केन्द्रलाई दिने सहमति भएको हो ।

बागलुङ रहेका छ गाउँपालिकामध्ये काठेखोला, बडिगाड, निसी र तमानखोलाको अध्यक्ष नेपाली कांग्रेस, ताराखोलाको अध्यक्ष माओवादी केन्द्र र बरेङको अध्यक्ष राजमोले पाउने सहमति भएको काँग्रेसका एक नेताले बताए ।

त्यसैगरी गठबन्धनले उपप्रमुख तथा उपाध्यक्ष बागलुङ नगरपालिका, गलकोट नगरपालिका, निसिखोला गाउँपालिकामा माओवादी केन्द्र, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाकामा राष्ट्रिय जनमोर्चा, जैमिनी नगरपालिका, ताराखोला गाउँपालिका र बरेङ गाउँपालिकामा नेपाली कांग्रेस र तमानखोला नेकपा (एकीकृत समाजवादी)को भागमा रहेको छ । देशैभर गठबन्धनमा देखिएको आन्यौलताका बाबजुत पनि यहाँ गठबन्धनका दलहरु एक ढिक्का भएर अगाडी बढ्ने बताएका छन् ।

सम्बन्धित समाचार

पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
पर्यटन प्रवर्द्धनमा सरकार सक्रिय, होटल व्यवसायीका चिन्ता सम्बोधन हुने प्रधानमन्त्री शाहको विश्वास
  • २०७९ बैशाख १२, १३: ४७

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...

विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
विदेशमा रहेका नेपाली विज्ञलाई नवप्रवर्तन अभियानमा जोड्न मन्त्री महावीर पुनको आह्वान
  • २०७९ बैशाख १२, १३: ४७

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...

कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन
कांग्रेसले संसद्‌मा भन्यो- राज्य सञ्चालन कुनै बर्थडे पार्टी जस्तो ‘सरप्राइज’ दिने विषय होइन
  • २०७९ बैशाख १२, १३: ४७

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले जनसरोकारका विषयहरूलाई ‘स्टन्ट’ र ‘फन्डा’ मार्फत विषयान्तर गर्न खोजेको...