
पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमिति पूर्व कोषाध्यक्ष ऋषि सापकोटाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
सत्ता गठबन्धनका दलहरुबीचको सहमतिले पोखरा महानगरको प्रमुख एकीकृत समाजवादीको भागमा परेको छ । नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले गठबन्धनको सहमति अनुसार प्रमुखको टिकट पाएपछि कोषाध्यक्ष सापकोटाले गठबन्धनकोविरुद्ध बागी उम्मेदवारी दिएको बताइएको हो ।
पोखरा महानगरपालिकाको नेतृत्व काँग्रेसले पाउँनु पर्ने अडान राख्दै आएपनि गठबन्धनको दल एकीकृत समाजवादीले पाएपछि २०५४ देखि २०६४सम्म दश वर्ष कांग्रेसको जिल्ला सभापति रहेका सापकोटाले कांग्रेसको मत सुरक्षित गर्न स्वतन्त्र उम्मेदवारी दिएको दावी गरेका छन् ।
पार्टी केन्द्रले गठबन्धनका दलहरुसंग मिलेर कर्मठ कार्यकर्ता र देशभरका मतदाताहरुलाई रुखबाहेक अन्य चिन्हमा भोट दिन बाध्य पारेको आरोप कार्यकर्ताहरुले लगाउँदै आएका छन् ।
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनका लागि सरकारले तीव्र गतिमा काम अघि बढाइरहेको बताउँदै होटल व्यवसायीहरूले उठाउँदै आएका समस्या...
काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता तथा पेशाकर्मीलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय रूपमा...
काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद गीता गुरुङले सरकारले जनसरोकारका विषयहरूलाई ‘स्टन्ट’ र ‘फन्डा’ मार्फत विषयान्तर गर्न खोजेको...