अपडेटः एक लाख ३६ हजार २६९को उम्मेदवारी – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

अपडेटः एक लाख ३६ हजार २६९को उम्मेदवारी

अपडेटः एक लाख ३६ हजार २६९को उम्मेदवारीकाठमाडौं । स्थानीय तह निर्वाचनमा ७ सय ५३ वटै पालिकामा १ लाख ३६ हजार २ सय ६९ उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

बिहान सार्वजनिक गरेको विवरण अनुसार आइतबार र सोमबार गरी उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहमा वैशाख ३० गते ३५ हजार २ सय २१ जनप्रतिनिधिका लागि चुनाव हुँदैछ ।

२०७४ को स्थानीय तहको चुनावमा १ लाख ५१ हजार १ सय ९० जनाले उम्मेदवारी दिएका थिए भने यसपाली १ लाख ३६ हजार २ सय ६९ ले उम्मेदवारी दिएका छन् ।

कुन पदमा कति ?
मेयरः ३ हजार २६१
अध्यक्षः ३ हजार २५४
उपमेयरः २ हजार ३
उपाध्यक्षः २ हजार २९२
वडाध्यक्षः ३२ हजार ५९
महिला सदस्यः २३ हजार ३ सय ७५
दलित महिला सदस्यः २१ हजार ११५
सदस्यः ४८ हजार ९१०

मंगलबार उम्मेदवारको विरोधमा उजुरी, १४ र १५ वैशाखमा मनोनयनपत्र जाँच गरी उम्मेदवारको नामावली प्रकाशन गर्ने, १६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, १७ वैशाखमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने आयोगले तयारी थालेको छ ।

सम्बन्धित समाचार

श्री ८ बालेन शाह प्रश्नभन्दा माथि छैनन् : कांग्रेस
श्री ८ बालेन शाह प्रश्नभन्दा माथि छैनन् : कांग्रेस
  • २०७९ बैशाख १३, ०८: १०

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक निश्कल राईले वर्तमान सरकारले प्रधानमन्त्री बालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भन्ने भाष्य...

एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न अदालतको अनुमति
  • २०७९ बैशाख १३, ०८: १०

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई विशेष अदालतले थप...

राज्यले नागरिकको आवाज दबाउन खोज्यो : कांग्रेस सभापति थापा
राज्यले नागरिकको आवाज दबाउन खोज्यो : कांग्रेस सभापति थापा
  • २०७९ बैशाख १३, ०८: १०

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापा ले राज्यले नागरिकको आवाज दबाउँदै अधिनायकवादी शैलीमा शासन सञ्चालन गर्न खोजेको आरोप लगाएका...